|

काठमाडौं :  दुई सातादेखि अस्वस्थ रहेका प्रधानमन्त्री केपी शर्मा ओली उपचारका लागि  शनिवार सिंगापुरतर्फ जाँदैछन्। उनको उपचार  सिंगापुरस्थित ‘नेसनल युनिभर्सिटी हस्पिटल’ (एनयूएच) मा उपचार गरिने भएको छ।

 यसअघि प्रम ओलीको सिंगापुरस्थित माउन्टेन एलिजावेथ अस्पतालमा भएको थियो। प्रम ओलीका निजी चिकित्सक डा अरुण सायमीका अनुसार करिब पाँच दिनमा प्रधानमन्त्रीको सम्पूर्ण उपचार सकिनेछ। उनले भने, 'हामीले उपचारसँगै आरामका लागि पठाउन लागेका हौँ। पाँच दिनमा उहाँको सम्पूर्ण उपचार सकिन्छ।‘

प्रम ओलीको साथमा पछिल्लो केही वर्षदेखि उपचारमा संलग्‍न अर्की चिकित्सक डा दिव्या सिंह र क्याविनेट चिकित्सक तथा प्रम अर्का चिकित्सक वरिष्ठ फिजिसियन तथा कलेजो रोग विशेषज्ञ डा दिलिप शर्मामध्ये एकजना जाने बताइएको छ।

ओली शनिबार बेलुकी ९ बजेर ४५ मिनेटमा सिल्क एयरको फ्लाइटबाट सिंगापुरतर्फ जानेछन्। १२ वर्षअघि दुवै मिर्गौला प्रत्यारोपण गरेका प्रम ओली केही सातादेखि विरामी छन्। गत शनिवार छाउनीस्थित सैनिक अस्पतालमा उपचार गर्दा उनको शरीरमा मधुमेह बढ्नुका साथै मुटुमा पनि समस्या देखिएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.