|

काठमाडौं :  जिल्ला अदालत सुर्खेतबाट १९ वर्ष १० महिना २७ दिन कैद सजाय सुनाईएका एक फरार अभियुक्तलाई सुर्खेत प्रहरीले पक्राउ गरेको छ। 

कर्तव्य ज्यान मुद्धाका फरार अभियुक्त सुर्खेत वीरेन्द्रनगर ११ का २३ वर्षिय खगेन्द्र नेपालीलाई सुर्खेत प्रहरीले मंगलबार पक्राउ गरि कारागार चलान गरेको हो।  

जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट प्रहरी नायब निरीक्षक ध्रुब बोहराको नेतृत्वमा खटिएको प्रहरीको बिशेष टोलीले नेपालीलाई मंगलबार उनकै निवासबाट पक्राउ गरेको सुर्खेत प्रहरीले जनाएको छ। 

नेपालीले २०७१ साल बैशाख १५ गते सुर्खेत जर्बुटा गाविस वडा नम्बर ४ कि लिला रोकायलाई विष खुवाएर हत्या गरेका थिए। घटनापछि सुर्खेत जिल्ला जर्बुटा ४ का जंगबहादुर रोकायको जाहेरी अनुसार जिल्ला अदालत सुर्खेतले घटनाको छानबिन सुरु गरेको थियो।

उक्त मुद्धाको सम्पुर्ण अनुसन्धानपछि  जिल्ला अदालत सुर्खेतले नेपालीलाई दोषी ठहर गरको थियो। गत २०७२ जेठ १८ गतेका दिन खगेन्द्र नेपालीलाई जिल्ला अदालतले १९ वर्ष १० महिना २७ दिन कैद सजाय सुनाएको थियो। मंगलबार पक्राउ गरीएका खगेन्द्र नेपालीलाई बुधबार जिल्ला अदालत सुर्खेतमा पठाई कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.