हराएका पाका मानिस भेटिनै छाडे

|

बागलुङ : पछिल्लो समय बागलुङमा मानिस हराउने क्रम बढेको छ। महिला बालबालिकाहरु हराउने र फेला पर्ने क्रम सँगै पाका मानिस पनि हराउन थालेका छन्।

हराएका महिला र बालबालिकामध्ये धेरैजसो फेला पर्ने गर्छन्। तर पाका र सामाजिक सेवामा लागेकासमेत हराएको हरायै हुने गरेका छन्। घरको काममै हिँडेकाहरु पनि नफर्केपछि परिवारजन पीडामा छन्।

गत असार ३ गते बुटवलमा स्वास्थ्य परीक्षणका लागि गएका गलकोटका सामाजिक व्यक्ति अहिलेसम्म बेपत्ता छन्। बुटवलको ट्राफिक चोकदेखि हराएका गलकोटका ६३ वर्षीय लोकबहादुर केसी पनि अहिलेसम्म भेटिएका छैनन्। 

उपचारका लागि लुम्बिनी अस्पताल गएका केसी असार ३ गते दिउँसो ३ बजेसम्म परिवारको सम्पर्कमा थिए। उनको मोवाइल ३ गते बेलुकीदेखि नै बन्द भएको बुहारी रिता खत्रीले बताइन्। बेपत्ता केसीको रुपन्देही प्रहरी, आफन्त, गलकोटबाट रुपन्देहीमा बसोबास गर्ने गाउँले लगायतले खोजी गरिरहेका छन्। तर अहिलेसम्म पत्तो लागेको छैन। 

बागलुङ नगरपालिकाका पँर्वजनप्रतिनिधि पनि हराएपछि भेटिएका छैनन्। गत चैतको २८ गते घरबाटै हराएका यहाँका पँर्वजनप्रतिनिधिको अहिलेसम्म पत्तो नलागेको हो। बागलुङ नगरपालिका वडा नं. ४ कुँडुले घर भएका ६६ वर्षीय उमानाथ शर्मा बेपत्ता भएको चार महिनासम्म बेपत्ता छन्।

पुनःसंरचना अघिको नगरपालिका वडा नं. १० का अध्यक्ष उनी सामाजिक सेवामा थिए। परिवारका सदस्यले खोजी गरिदिन बेपत्ता भएकै भोलीपल्ट प्रहरीमा उजुरी गरे। तर अहिलेसम्म उनी किन र कता गए भन्ने प्रहरीले पनि कुनै सँचना दिन नसकेको हो। 

उनी बेपत्ता भएको दिन स्थानीयले ढोडेनीनमा देखेको भनेपछि त्यसतर्फ गाउँले खोजी गर्न गएका थिए। उनको घर वरपर ठँलो भीर छ। भीरमँनी कालीगण्डकी नदी छ। प्रहरीले पनि सम्भावित स्थानमा खोजी गरेको बतायो। अहिलेसम्म कुनै पत्तो नलागेपछि खोजी अभियानकै रुपमा राखिएको प्रहरी नायव उपरिक्षक झबिन्द्रप्रसाद भट्टराईले बताए। 

बिभिन्न घटनामा हराएकाहरुको उजुरी आएपछि एकदुइ दिन मात्र खोजी गरिन्छ। त्यसपछि प्रहरीले वास्ता नगरेको आफन्तहरु गुनासो गर्छन्। ‘निरन्तर दवाव र स्थानीयको पनि चासो नभएसम्म खोजी अभियान पँर्ण हुँदैन’ अधिवक्ता राम शर्माले भने, ‘सँचना दिएर उम्कने प्रवृत्ति पनि छ।’ 

जिल्ला प्रहरीको तथ्यांक अनुसार आर्थिक वर्ष २०७५/०७६ मा मात्र बागलुङबाट ८४ जना महिला, १४ बालक र १४ बालिका गरी १ सय १२ जना हराएको तथ्यांक छ। ती मध्ये ४३ महिला, ११ बालक र १० बालिका फेला परेका छन्। अझै ४१ जना महिला, ३ बालक र ४ बालिका सहित ४९ जना फेला पर्न नसकेको महिला सेलकी देवी पर्जाले बताइन्। 

हराएको उजुरी गर्न आउने आफन्तले फेला परेको जानकारी नदिंदा यतिधेरै मानिस हराएको हुन सक्ने प्रहरी उपरिक्षक नवराज भट्ट बताउँछन्। ‘कतिपय बिहे गरेर हराएको देखिन्छ, कतिपय बास्तविक रुपमा हराएका छन्’ भट्टले भने, ‘कतिपय खोजीको सूचीमा छन्।’ सामाजिक क्षेत्रमा योगदान पुर्याएकै व्यक्तिहरु हराउँदा प्रहरीले सबै संयन्त्र प्रयोग गरेर खोजेको उनले बताए।

बेपत्ता पूर्वजनप्रतिनिधि र गलकोटका केसीको अहिलेसम्म कुनै पत्ता नलागेको हो। ‘म आएपछि बेपत्ताको खोजीमा एकपटक दोहोर्याएर फोन सम्पर्क पनि गर्न थालेको छु’ भट्टले भने, ‘ मानव बेचबिखन र अपहरणका कारणले हराउने समस्या यहाँ छैन।’ 

मानसिक समस्याले हराएका तथा आत्महत्या गरेका केही घटनामा भने शव नभेटिएसम्म प्रमाणित नहुने महिला तथा बालबालिका सेलका प्रमुख पिक्रम शर्माले बताए। उजुरी गर्न आएकै जस्तो भेटिएपछि सँचना दिने चलन नहुँदा प्रहरीमा धेरै हराएको सँचि देखिएको उनले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.