वडासदस्यकै हैसियतमा राखिएको गुनासो

|

पोखरा : स्थानीय तहका वडाअध्यक्षहरुको एक समूहले गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङसँग भेटेर आफ्नो हैसियत निर्धारण गर्न माग गरेका छन्।

मुख्यमन्त्रीसँग भेटका क्रममा उनीहरुले निर्वाचित जनप्रतिनिधि भएरसमेत सरकारले आफूहरुलाई मार्यदाक्रममा नराखेको भन्दै गुनासो गरेका थिए। ‘हाम्रो हैसियत के हो?’, उनीहरुले मुख्यमन्त्रीलाई प्रश्न गरे।

गृह मन्त्रालयको मर्यादाक्रममा वडाअध्यक्ष र सदस्यहरुको मर्यादाक्रम कहाँ कसरी हुने भनी केही उल्लेख छैन। उनीहरुले वडासदस्य कार्यपालिका सदस्य बनेपछि व्यवहारिक कठिनाई देखिएको विषयसमेत मुख्यमन्त्री गुरुङसँग राखेका थिए। कार्यपालिका सदस्य र वडाअध्यक्षको हैसियत बराबर हुने व्याख्याले कठिनाई भएको वडा अध्यक्षहरुको भनाई छ।

जवाफमा मुख्यमन्त्री गुरुङले पनि नयाँ मर्यादाक्रममा वडाअध्यक्षहरुलाई अन्याय भएको बताएका थिए। ‘वडाअध्यक्ष मात्रै नभएर प्रदेश नीति तथा योजना आयोग जस्ता अन्य सरकारी निकायबारे मर्यादाक्रम बेखबर छ,’ मुख्यमन्त्री गुरुङले भने। प्रदेशले संघीय सरकारसँग यसबारेमा कुरा उठाइरहेको जानकारी दिँदै गुरुङले यो अवस्था चाँडै अन्त्य हुने बताए। 

जनप्रतिनिधिहरुले पनि आफ्नो मर्यादामा आँच आउने काम गर्न नहुनेमा उनले सचेत गराए। वडाअध्यक्षहरुले वडामा आउने बजेट चालुतर्फको मात्र बढी हुने भएकोले विकासको काममा कठिनाई भइरहेकोसमेत बताएका थिए। 

बाग्लुङ जिल्लाको ४ स्थानीय तहका करिब २ दर्जन वडाअध्यक्षहरुको समूहले मुख्यमन्त्रीसँग भेट गरेको थियो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.