स्थानीय भन्छन् : नेतालाई कार्यकर्ता पाल्ने आधार बनेको छ

|

उदयपुर : व्यवस्था   फेरिए पनि नीति नफेरिएकाले उदयपुरको पर्यटकीय क्षेत्र ओझेलमा परेको छ। धार्मिक, प्राकृतिक, ऐतिहासिक, संस्कृतिक लगायतका पर्यटकीय क्षेत्रको प्रशस्त सम्‍भावना अहिलेसम्मै ओझेलमा परेका छन्।

उदयपुरको गौरव गर्ने कुनै पनि पर्यटकीय केन्द्र छैन। २००७ सालदेखि हालसम्म उदयपुरबाट निर्वाचित जनप्रतिनिधि र उदयपुरमा जन्मेर नीति निर्माण तहमा पुगेकाहरूले बेवास्ता गर्दा पर्यटकीय क्षेत्र ओझेलमा परेको हो। ‘देशमा जति शासन व्यवस्था फेरिए पनि उदयपुरको पर्यटकीय क्षेत्रले मुहार फेर्न सकेको छैन,’ गाईघाटका स्थानीय विष्णु पराजुली भन्छन्, ‘व्यवस्था फेर्दै मन्त्री सांसद हुनेको बेवास्ता नफेरिएपछि उदयपुरका पर्यटकीय क्षेत्र अहिलेसम्म नाम मात्रका बनेका छन्।’

जिल्लाकै प्रमुख पर्यटकीय गन्तव्य मानिने रौतापोखरी, उदयपुरगढी, ताप्लीपोखरी, चौदण्डी गढी हुन्। तर, तिनै पर्यटकीय क्षेत्रमा खान, बस्न, जाने सडक र प्रचारप्रसार नभएकाले समस्याको घेरामा रुमलिएका छन्। गएको वर्ष नेपाल सरकारले देशका सय गन्तव्‍यमा समेटेर विकास गर्न थालेको उदयपुरगढीको पनि उही समस्या छ।

‘हिजो जनप्रतिनिधि नहुँदा दुई पर्यटकीयस्थलमा जे समस्या थियो,’ उनले भने, ‘अहिले पनि त्यही छ, खानेपानी, सडक, गुणस्तरीय सेवा सुविधा सम्पन्न होमस्टे छैन।दुवै ऐतिहासाकि, धार्मिक र प्रकृतिक दृष्टिकोणले उदयपुरको प्रमुख पर्यटकीय गन्तव्य मानिन्छन्।

कार्यकर्ता पाल्ने गतिलो आधार

यता, ताप्लीपोखरी समग्र जिल्लाको तेस्रो पर्यटकीय क्षेत्रका रूपमा पर्दछन् भने चौदण्डीगढी चौथो स्थानमा पर्छ। स्थानीय तह गठन भएपछि स्थानीय तहले नयाँनयाँ पर्यटकीय गन्‍तव्यको नाम लिँदै पर्यटकीय क्षेत्रको नाममा बजेट स्वाहा बनाउने मात्र काम भएको स्थानीयको आरोप छ।

‘पालिकामा जनप्रतिनिधि आएको दुई वर्ष बढी भइसकेको छ,’  उदयपुरका स्थानीय लेखबहादुर कटुवालले भने, ‘पर्यटकीय क्षेत्र भनेको कार्यकर्ता पाल्ने गतिलो आधार भएको देखिन्छ। तर, स्थानीय तहका जनप्रनिनिधिहरू पर्यटकीय क्षेत्रको गुरु योजना बनाउन लागिपरेको बताउँदै आएका छन्।

सरोकारवालाहरूलाई कुरी कुरी

अहिलेसम्म उदयपुरको पहिचान बोक्ने गर्विलो पर्यटकीय क्षेत्र नहुनुमा २००७ सालदेखि २०७६ सम्मका जनप्रतिनिधि र नेताहरू दोषी छन्,’ उनै कटुवालले भने, ‘पर्यटकीय क्षेत्रले सम्बन्धित सरोकारवालाहरूलाई कुरी कुरी भनिरहेको छ।’

विभिन्न पर्यटकीय क्षेत्रका नाममा करोडौँ बजेट सकिए पनि अहिले भर्खर धुले सडकहरू पर्यटकीय क्षेत्रमा पुगेका छन्। धार्मिक, प्राकृतिक, ऐतिहासिक, सांस्कृतिक लगायतका पर्यटकीय क्षेत्रको प्रशस्त सम्‍भावना बोकेका केही पर्यटकीय गन्‍तव्यका दृश्‍य झलक : 

 

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.