|

हुम्ला : हरेक मानिस एक गाउँ बाट अर्को गाउँमा जाँदा वा अन्य जिल्लामा जाँदा पनि आफन्तको नाताकोरुपमा  साइनो गाँस्ने चलन छ। हरेक गाउँ वा ठाउँमा मान्छे मान्छे  विच मितेरी  लगाउने चलन त हाम्रो संस्कारमा चलिआएको परम्पारा हो। तर हुम्लाका दुई वटा सामुदायिक विद्यालयले मितेरी साइनो जोडेको छ।

सामुदायिक विद्यालयको खस्कँदो शैक्षिक गुणस्तर अभिवृद्धिका लागि भन्दै  शिक्षा क्षेत्रमा नयाँ अभ्यासका कार्यक्रम गर्ने उद्देश्यले पनि विद्यालयबीचमा मितेरी साइनो कार्यक्रम आयोजना गरिएको शिक्षक छतुप लामाले बताए।

सिमकोट गाउँपालिका वडानं ३मा रहेको रलिङ्ग मावि बरगाउँ र खार्पुनाथ गाउँपालिका वडानं ५मा रहेको मानधारा मावि खर्पेल गाउँका दुई  वटा विद्यालयबीच सद्भावको भावान कायम गर्दै शैक्षिक क्षेत्रमा सामूहिक रुपमा अगाडी बढ्ने  प्रतिवद्धता जनाउँदै  मितेरी साइनो गाँसिएको मानधारा माविका  प्रधानाध्यापक दिलबहादुर शाहीले जानकारी गराए। उनका अनुसार दुवै विद्यालयले हिन्दुधर्म र बौद्धधर्मलम्बीहरुको संस्कारअनुसार औपचारिकरूपमा मितेरी साइनो गाँसेको बताए।

सामुदायिक विद्यालयबीच आवश्यकताअनुसार शिक्षण सिकाइ क्रियाकलाप सुधार गर्न विद्यार्थी, शिक्षक र अभिभावकका  विचार एक आपसमा आदान–प्रदान गर्ने, शैक्षिक गुणस्तर बढाउन शिक्षक तथा अभिभावकको क्षमताको विकास गर्ने लगायतका विषयलाई लिएर दुवै विद्यालयले सहमतिमा हस्ताक्षर गरेका छ।

सामुदायिक विद्यालयहरूबीच मितेरी साइनो जोडेपछि आगामी वर्षमा एक आपसको  सहकार्यले भविष्यमा उत्कृष्ट शैक्षिक नतिजा प्राप्त गर्न सक्ने मानोवल बढेको रलिङ्ग मावि बरगाउँका विद्यालय व्यबस्थापन समिति अध्यक्ष छिरिङ्ग लामाले बताए।

सामुदायिक विद्यालयबीच मित लगाउने कार्यक्रम  हुम्लामा पहिलो भएको र लिङ्ग मावि बरगाउँका विद्यालय व्यबस्थापन समिति अध्यक्ष छिरिङ्ग लामाले बताए। सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरमा सुधार ल्याउनको लागि सामुदायिक विद्यालय मितेरी कार्यक्रम सञ्चालन गरिएको  छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.