|

पोखरा : स्वदेशी तथा विदेशी पर्यटकको रोजाइको थलो हो मुस्ताङ। अझै उपल्लो मुस्ताङ जान कस्लाई रहर नहोला र।

डाँडाकाँडामा प्रकृतीको अनेक रुपसँगै नजिकै रहेको सेताम्मै हिमालले मानिसलाई मन्त्रमुग्ध बनाउँछ। योसँगै मुस्ताङमा हुने खेतीपातीले पनि यहाँको सुन्दरतामा थप सुन्दरता थपिरहेका हुन्छन्।

मुस्ताङमा यतिबेला तोरी फुलेर पहेँलै भएको छ। ‘यहाँका मानिसको खेतीमध्ये तोरी पनि प्रमुखवाली हो। अहिले फुलेर पहेँलै छ’, मुस्ताङकी पेमा गुरुङले भनिन्।

तोरीसँगै विभिन्न दलहन वालीहरू, जौ, फापर पनि मुस्ताङमा फल्ने गरेको छ। मुस्ताङका फाँट तोरीले पहेँलपुर छन्। मुस्ताङीले त्यहाँ फलेको तोरी स्थानीय कोल मेशिनमै पेलेर तेल निकाल्ने गर्छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.