|

दाङ : जिल्ला तुलसीपुर र घोराहीमा २ वटा रक्त संचार सेवा केन्द्र सञ्चालन रहेको दाङमा रगतको अभाव भने हुने गरेको छ। बिरामीहरुलाई चाहेको बेला आबश्यक रगत पाउने अवस्था अझै हुन सकेको छैन।

रक्त संचार सेवा केन्द्रका अनुसार अझै २० प्रतिशत विरामीहरुले उनीहरुका आफ्न्तवाट नै रगत लिने गर्दछन। दैनिक १०÷१५ युनिट रगत आवश्यक पर्ने जिल्लामा मासिक सरदर ३ सय युनिट रगतको आवश्यकता पर्ने रक्त सञ्चार सेवा केन्द्रले जानकारी दिएको छ। तुलसीपुर र घोराहीका रक्त सञ्चारका लागि गत आर्थिक बर्ष २०७५÷०७६ मा २ हजार ९ सय ६० जनाले रक्तदान गरेका छन्।

तुलसीपुरमा ६ सय ४४ युनिट रगत संकलन भएकोमा ६ सय ७३ युनिट रगत खपत भएको रक्त सञ्चार केन्द्र सेवा तुलसीपुरका नरेश चौधरीले बताए। घोराहीमा २३ सय १६ संकलन भएको र त्यस मध्यमा २२ सय खपत भएको रक्त सञ्चार सेवा केन्द्र  घोराहका प्रमुख दिलिप न्यौपाने बताए।

घोराहीमा २३ सय १६ यु्निटमा १८ सय ८० युनिट पुरुषवाट र महिलावाट ४ सय ३६ युनिट संकलन भएको उनले बताए। त्यसैगरी   डाइलासिस सेवा राप्ती प्रादेशीक अस्पताल तुलसीपुरमा शुरु भएको र दैनिक ६÷७ युनिट खपत हुने गरेको छ।

रक्त संचार सेवा केन्द्र तुलसीपुरमा फ्रिज सानो क्षमता भएकाले ६० युनिट भन्दा बढी स्टक गर्न नमिल्ने भएकाले समस्या रहेको चौधरीले बताए। त्यसैगरी दाङमा ८० प्रतिशतले रक्त संचारवाट रगत प्राप्त गर्ने गरेका रक्त सञ्चार केन्द्र घोराहका प्रमुख न्यौपानेले बताए।

जिल्लामा सबै भन्दा बढि ‘बि’ पोजेटिभ रगतको अभाव हुन्छ, न्यौपानेले भने, दाङमा सिकलसेलका विरामीहरु धेरै भएकाले पनि उनीहरुलाई ‘बि’ पोजेटिभ रगत आवश्यक पर्ने भएकाले त्यसको अभाव हुने गरेको हो। त्यसैगरी घोराहीबाट राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, लमही अस्पताल र निजी दिपज्योति हस्पिटल, गोर्खा हस्पिटल लगायतका जिल्लाका अस्पतालहरुमा रगत खपत हुने गरेको छ। त्यसबाहेक जिल्लाबाहिर बुटवल र नेपालगंजका अस्पतालहरुमा समेत कहीले काहि माग भए बमोजीम रगत पठाउने गरीएको उनले बताए।

तुलसीपुरमा राप्ती प्रादेशिक अस्पताल,राप्ती लाईफ केयर हस्पिटल र तुल्सी हस्पिटलमा रगत खपत हुने गरेको छ। तर तुलसीपुरमा रगतको अभाव भए घोराहीवाट ल्याउने र घोराहीमा अभाव भए तुलसीपुरवाट पठाउने गरेको तुलसीपुरका ईञ्चार्ज चौधरीले बताए। ‘बि’ पोजटिभ रगत दाङमा अभाव हुने भएकाले मागपुर्ती गर्न जेसीज, रोटरी र रोट्रयाक लगायतका संघसंस्थाहरुसंग समन्वय गरी ब्यवस्था मिलाउने गरीएको चौधरीले बताए।

अन्य रगत भन्दा ‘ए’ र ‘बि’ नेगेटिभ र पोजेटिभ रगतका कहिले केही समस्याले गर्दा अप्रेशन गर्दा समस्या हुने गरेका राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका स्त्रि रोग विशेषज्ञ डाक्टर विनोद सिंहले बताए। अन्य गु्रपको रगतहरु पाईने भएता पनि विशेष गरी ‘ए’ र ‘बि’ रगतको अभाव हुन्छ, डाक्टर सिंहले बताए।

हामीले जिल्लामा त्यस्तो किसीमको रगतको ब्यवस्थापन गर्न पहल गर्दछौँ, उनले भने, तर ब्यवस्थापन नभए विरामीहरुलाई जिल्ला बाहिर रिफर गर्ने गरीएको उनले बताए।

रक्तदान गर्दा पुरुषहरुले ३ महिनामा एक पटक र बर्षमा ४ पटक सम्म र महिलाहरुले बर्षमा ३ पटक ४ महिनाको एक पटक रक्तदान गर्न मिल्ने रक्त सञ्चार केन्द्रले जानकारी दिएको छ। रक्तदान गरेको ३५ दिन भित्र उक्त रगत प्रयोग गरी सक्नुपर्ने हुन्छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.