|

सप्तरी : जिल्लाको छिन्नमस्ता गाउँपालिका ६ कुपही गाउँका तीन परिवार आगलागी पीडितहरुलाई राहत वितरण गरिएको छ।

धर्मी हल्फा महिला विकास क्लव लालापट्टी सप्तरीले शनिबार गाउँमै पुगेर आगलागीपीडितहरु राधियादेवी मुखिया, रामप्रसाद मुखिया र सोनावतीदेवी मुखियाको परिवारलाई छुट्टाछुट्टै त्रिपाल, तन्ना, साडी, धोती, झुल, थाल, गिलास, कराही, डेकची, पन्यु र खाद्यान्न लगायतका राहत सामग्री वितरण गरेको हो।

क्लवका अध्यक्ष तथा समाजसेवी इञ्जिनियर सूर्यनारायण यादवले पीडित परिवारलाई संस्थाको आफ्नै पहलमा राहत सामग्री वितरण गरिएको बताए। २०७६ साउन १२ गते अचानक आगलागी हुँदा तीन परिवारको दुई लाख रुपैयाँभन्दा बढीको धनमाल जलेर क्षति भएको थियो। राहत वितरण कार्यक्रममा गाउँपालिका अध्यक्ष सूर्य नारायण मण्डलसहित स्थानीय भद्रभलाद्मी, बुद्धिजीवीहरुको उपस्थिति थियो।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.