सम्झौता अगावै काम सक्ने प्राधिकरणको तयारी

|

काठमाडौं : २०७२ को भूकम्पले क्षति भएको सडक विभाग, महालेखा परीक्षक रहेको ऐतिहासिक बबरमहल, सुन्धारा स्थित गोश्वारा हुलाक र निर्वाचन आयोगको कार्यालय भएको बहादुर भवनलाई  रेट्रोफिटिङ भनिने विधिबाट सबलीकरण गरिने भएको छ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पपछि क्षति भएका संरचनाहरू निर्माण गर्ने जिम्मा पाएको थियो। प्राधिकरण अन्तर्गत केन्द्रीय आयोजना इकाइ बबरमहलस्थित कार्यालयका एक कर्मचारीले  जिसिसी आशिष समानान्तर निर्माण कम्पनीसँग २ वर्ष भित्रमा सबलीकरण (रेट्रोफिटिङ) गर्ने सहमति भएको हो। असार २५ गते कम्पनीसँग सम्झौता भएको उनले जानकारी दिए।

पुननिर्माण प्राधिकरणले उक्त भवन निर्माण गर्नको लागि बोलपत्र आव्हान गरेको थियो। पाँच भन्दा बढी कम्पनीले निर्माणको लागि दरखास्त पेश गरेका थिए। सबैभन्दा कम दरमा समानान्तर कम्पनीको पाइएकोले उक्त कम्पनीलाई निर्ममाण गर्न दिएको प्राधिकरण स्रोतले बताएको छ। ८६ करोड रुपैयाँमा उक्त भवनको निर्माण गर्ने सहमति भएको हो।

पहिलो चरणको काम थालियो

कम्पनीले पहिलो चरणको कामको थालनी गरिसकेको छ। एउटै भवनमा धेरै सरकारी कार्यालय रहेका छन्। कार्यालयका सामान व्यवस्थित ठाउँमा स्थानान्तरण गर्ने काम भइरहेको प्राधिकरण स्रोतले बताएको छ।

 सम्झौता भएलगतै कम्पनीले निर्माण कार्य थालेको समानान्तार निर्माण कम्पनीका प्रतिनिधि विज्ञानेश्वर माकजुले बताए। कम्पनीले भवन क्षेत्रलाई जस्ताले घेर्ने काम भइरेहको छ। कार्यालयको सामान केहीदिन भित्रै बाहिर निकालिनेछ। एक सातापछि कम्पनीले काम शुरु गर्ने उनले जानकारी  दिए।

उनले भने, 'इन्जिनिरियङ विधिबाट निर्क्यौल गरी भवनको सबलीकरण गर्न लागिएको छ। पुनः भूकम्प आउँदा क्षति नगर्ने विश्वास छ।' कम्पनीले निर्माण गर्ने कुनै कमजोरी आउन नदिने उनको भनाइ छ।

सबैतर्फबाट यसको अध्ययन गरिएको र जगदेखि विस्तृत गरिएकोले यसको निर्माण प्रक्रियामा कुनै पनि कमजोरी नआउने विश्वास व्यक्त गरे। निर्माण सम्झौता अगावै कम्पनीले निर्माण गरी प्राधिकरणलाई जिम्मा दिने माकाजुले बताए। कम्पनीले सकेसम्म १५ महिना भित्रमा भवन निर्माण गरी हस्तान्तरण गर्ने उनले जानकारी दिए। पुननिर्माण प्राधिकरणसँग २ वर्षसम्ममा निर्माण गर्नुपर्ने सम्झौता भएको हो।

पुरानो भवनको संरचना जस्ताको तस्तै बनाउने, भारवहन क्षमताको वृद्बि गर्ने र प्रचलित संहिताअनुसार निर्माण गर्नु सबलीकरण हो।  भूकम्प पछि क्षति भएका संरचनाहरु निर्माण गर्ने जिम्मा राष्ट्रिय पुननिर्माण प्राधिकरणले पाएको हो।

सोहीअन्तर्गत राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले क्षति भएका भवनहरु निर्माण गरिरहेको छ। सबलीकरण( रेट्रोफिटिङ ) गरेर बनाउन मिल्नेलाई प्राधिकरणले निर्माण गरिरहेको छ। सर्वोच्च अदालत भवन पनि रेट्रोफिटिङ विधिबाटै सबलीकरण गरिएको छ।

यो भवन बबर शम्शेर राणाले बनाएका थिए । बबर शम्शेर राणा शासनकालका अन्तिम कमाण्डर इन चिफ थिए। उनी प्रधानमन्त्री मोहन शम्शेरका  भाइ थिए। मोहन शम्शेर पछि यिनी नै प्रधानमन्त्रीको रोलक्रममा थिए। यिनको नेतृत्वमा नेपाली सेना दोश्रो विश्व युद्धमा पठाइएको थियो । यो भवनकै नामबाट काठमाडौंको बबरमहल स्थान बिशेषको समेत नाम हालसम्म प्रचलित छ ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.