प्रदेश
जिल्लाः
निर्वाचन क्षेत्र
पार्टी

विश्व

सिरियामा युद्धबिराम गर्न रुस र टर्की सहमत, आतंककारीविरुद्ध प्रतिकार जारी रहने
SHARES

युद्धले क्षतिग्रस्त सिरियाली सहर र ट्रेन Photo : Getty Images/AP
पुस १४, २०७३

    बुधबार मध्यरातबाट सिरियाका सबै क्षेत्रमा युद्धबिराम गर्नका लागि टर्की र रुस सहमत भएको टर्कीको सरकारी सञ्चारमाध्यम आनाडोलु समाचार समितिलाई उल्लेख गर्दै समाचार संस्था एपीले लेखेको छ। 

    यस युद्धबिराम योजना मुख्यतया सिरियाको अलेप्पो नगरमा जारी युद्धबिरामलाई निरन्तरता दिने प्रयोजनवश ल्याइएको बताइएको छ।

    अलेप्पो लगायत सिरियाका अन्य युद्धग्रस्त इलाकाबाट सर्वसाधारणलाई सुरक्षित उद्धार गर्नका लागि यसै महिनाको सुरुमा टर्की र रुसको मध्यस्थतामा युद्धबिराम गरिएको समाचारमा उल्लेख छ। रुस र अमेरिकाको मध्यस्थतामा भएका, यस अघिका युद्धबिरामहरुमा अवलम्बन गरिएजस्तै, अहिले पनि आतङ्ककारीविरुद्ध प्रतिकार गर्ने कार्य भने रोकिने छैन।

    यदि यो योजना सफल भएमा, रुस र टर्कीकै पहलमा काजकिस्तानको राजधानी आस्तानामा निकट भविष्यमै हुन गइरहेको सिरियाली सरकार र विपक्षीबीच राजनीतिक सम्झौता हुने बलियो आधारसमेत निर्माण हुने अड्कल गरिएको छ।

    बुधबार मध्यरातबाट युद्धबिराम लागू गर्नका लागि टर्की र रुसले गम्भीर सहकार्य गरिरहेको समितिले बताएको तर यसबारे के, कसरी, कहाँ युद्धबिराम सहमति भयो भन्ने विस्तृत विवरण तत्काल नखुलाइए ता पनि बितेका हप्ताहरुमा टर्की, रुस र सिरियाली विपक्षीका प्रतिनिधिबीच आङ्कारामा बैठक बसी विस्तृत छलफल भने भइसकेको पनि जनाइएको छ। 

    सिरियामा जारी गृहयुद्धको कुरा गर्ने हो भने रुस र टर्की बिपरित पक्षधर हुन्। वर्तमान सिरियाली राष्ट्रपति बसर अल असदलाई सत्ताबाट हटाउनु पर्छ भन्ने पक्षमा टर्की रहेको छ भने रुस र इरान असदका प्रमुख अन्तर्राष्ट्रिय सहयोगीका रुपमा खडा रहेका छन्।

    तर, गत वर्ष रुसको एउटा युद्धक विमान टर्कीका सेनाले खसालि दिएपछि दुईदेशबीच बिग्रन गएको सम्बन्धलाई सुधार गर्न टर्की प्रयासरत छ भने रुसले पनि यसलाई सामान्यीकरण गर्न चासो देखाएको छ। यसकै प्रतिफलस्वरुप दुई देशबीच गत ग्रीष्म ऋतुतिर सम्पन्न भएको एक समझदारीलाई मान्यता दिँदै रुसले सिरियाली युद्धबिराम योजनामा लचकता अपनाएको बताइएको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]