|
फोटो स्थानीय युवाबाट

बागलुङ : तमानखोला गाउँपालिका–४ लाम्मेलामा आइतबार राति पहिरोले घर पुरिँदा लम्मेका  ३५ वर्षीया सन्तकुमारी श्रीपालीको मृत्यु भएको छ।

 ७० वर्षिया अन्सारी श्रीर्पाली र १२ वर्षीय प्रविण श्रीपाली बेपत्ता रहेको प्रहरीले जनाएको छ। उनीहरूको खोजी कार्यभइरहेको छ। पहिरोले लाम्मेका पाँचघर पुरेको छ। पहिरोले घर पुरिँदा ७ जना घाइते भएका छन्। पहिरोमा आएको ढुंगा माटो र काठदाउराले लागेका कारण घाईतेहरुको टाउको, छाति र शरिरका विभिन्न भागमा गहिरो चोट लागेको प्रहरीले जनाएको छ। पहिरोले घर पुरिदा ४४ वर्षीय ओमबहादुर श्रीपालीको टाउको र कम्मर तलको भागमा चोट लागेको छ।

उनलाई सोमबार बिहान मात्रै पहिरोबाट उद्धार गरिएको थियो। ३५ वर्षीय मृतक सन्तकुमारी श्रीपाली उनको श्रीमती भएको प्रहरी निरीक्षक पदमबहादुर नेपालीले बताए। लम्मेकै ३४ वर्षीया सुनिता श्रीपालीको छातिमा चोट लागेर घाइते बनेकी छिन्।

उनको तीन भाई छोरा समेत पहिरोमा परि घाईते बनेका छन्। छोराहरु १६ वर्षीय अनिल श्रीपालीको दाहिने हात भाँचिएको छ। ९ वर्षीय छोरा राम श्रीपालीको टाउकोमा चोट लागेको छभने अर्का पाँच वर्षीय छोरा कमल श्रीपालीको मुखमा चोट लागेको नेपालीले बताए।

सोही ठाउँकी ४० वर्षीया चित्रादेवी श्रीपालीको छातिमा चोट लागेको बताईएको छभने ५० वर्षीया अमेसरा श्रीपालीको टाउकोमा चोट छ। घाइतेहरुलाई स्थानिय सामुदायिक स्वास्थ्यकेन्द्र लाम्मेलामा राखेर प्राथमिक उपचार गरिएको वडा अध्यक्ष उदिन छन्त्यालले बताए।

घाइतेहरुको थप उपचारको लागि बुर्तिबाङ जिल्ला अस्पतालबाट स्वास्थ्य कर्मीको टोली जाँदै गरेको बताईएको छ। स्थानिय बिर्खा सिर्पाली र कृष्णबहादुर श्रीपालीको गोठ र ट्वाईलेट पुरिएको प्रनि नेपालीले बताए। सुवालाल श्रीपालीको घरमा क्षति पुगेको छभने देवेन्द्र श्रीपालीको दुईवटा घर पुरिएको छ।

तुरतुरेले फुट्यो, मध्येपहाडी अवरुद्ध

अविरल वर्षाका कारण बागलुङको बडीगाड गाउँपालिका र ढोरपाटन नगरपालिकाको सीमानामा बनेको कृतिम ताल फुटेको छ। गत वर्ष पहिरोकै कारण बडिगाड खोला थुनिएर बनेको तुरतुरेतालको केही भाग फुटेको छ। ताल फुटेपछि तालमा रहेको पानीको सतह करिब ५० प्रतिसत घटेको छ।

 तुरतुरेताल फुटेर बडीगाड खोलामा पानीको सतह एक्कासि बढेपछि त्यस तलका तटीय क्षेत्रमा रहेका भिङगाड, भिङखाल, खार र खर्वाङ बजार क्षेत्रमा स्थानीयबासी केही आतंकित बनेका थिए। तालको पानी घट्न रोकिएकोले आतंकित हुनुपर्ने अवस्था नरहेको भए पनि सबै तटिय क्षेत्रमा सावधानी अपनाउनु पर्ने अवस्था भने रहेको बागलुङका प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्रीले बताए।

ताल फुटेर पानी विस्तारै बगेकाले त्यस्तो कुनै समस्या नदेखिएको उनले बताए। अहिले सम्म खोलाको बहावले कतै कुनै क्षति नगरेकोले आत्तिनुपर्ने अवस्था नरहेको बडिगाड गाउँपालिकाका अध्यक्ष मेयरसिंह पाइजाले जानकारी दिए।

 ताल तलको करिब २ सय मिटर सडक सडक बगाएको छ। मध्यपहाडी लोकमार्गको बागलुङ बुर्तिबाङ खण्डअन्तर्गत बडिगाड गाउँपालिकाको खारबजार नजिकैको सडक बडिगाड खोलाले बगाएको हो।

सडक बगेको कारण मध्यपहाडी लोकमार्ग पूर्ण रूपमा अवरोध भएको प्रजिअ क्षेत्रीले जनाए। सडकको अवस्था बुझ्न र सुचारूको विकल्पको लागि लोकमार्गका इन्जीनियरसंग सहकार्य भएको उनले जानकारी दिए। लोकमार्ग तत्काल सुचारु गर्न नसकिने भएकाले वैकल्पिक मार्गको प्रयोगका विषयमा पनि छलफल भइरहेको उनले बताए।

 घटनास्थल पुगेका बडीगाड गाँउपालिकाका अध्यक्ष मेयरसिह पाइजाले सडक अबरुद्द भएपनि अरू नोक्सान नभएको जानकारी दिए। रातीदेखि नै प्रहरीटोलीले तटीय बस्तिमा सावधानी अपनाउन का लागि अनुरोध गरेको थियो।

अहिले जोखिम कम भएपनि नदि नजिक नजान अध्यक्ष पाइजाले स्थानीयलाई अनुरोध गरेका छन्। सडक बगाएपछि  मध्यपहाडी लोकमार्गको बागलुङ–बुर्तिबाङ खण्ड पूर्ण रुपमा अवरुद्ध भएको छ। जिल्लाको पश्चिम बडिगाड, ढोरपाटन, निसीखोला, तमानखोला गाउँपालिका लगायतका नागरिक सिधा सवारी आवागमनबाट बञ्चित भएका छन्।


बाग्लुङमा पहिरोले पुरिएर एक जनाको मृत्यु, दुई बेपत्ता 

अविरल वर्षाले बडीगाड खोला उर्लियो, फुट्यो तुरतुरे ताल 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.