|

काठमाडौं : महालक्ष्मी विकास बैंकले सोमबारदेखि काठमाडौं ठमेलमा नँया शाखा कार्यालय खोलेको छ। ठमेल शाखामा सोमबारदेखि नै कारोबार सुरु भएको छ। 

उक्त शाखा कार्यालय सञ्चालनमा आएसँगै बैंकका शाखा कार्यालयको संख्या ९८ पुगेको छ। 

महालक्ष्मी विकास बैंकले ग्राहकको विश्वसनीयतामा अभिवृद्दि गरि सम्पूर्ण क्षेत्र र वर्गसम्म बैकिङ सेवाको पहुँच पुर्‍याउने उद्देश्यले शाखा बिस्तार गरि ९८ वटा शाखाबाट करिब ५ लाख भन्दा बढी ग्राहकमाझ बैकिङ सेवा उपलब्ध गराइरहेको जनाएको छ। 

बैंकले ग्राहकको हितलाई मध्यनजर गर्दै देशको अर्थतन्त्र सुदृढ बनाउन प्रयासरत रहने प्रतिबद्धता जनाएको छ ।               
                                                                                       
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.