|

सिन्धुपाल्चोक : पाँचपोखरी थाङ्पाल गाउँपालिकाले आफ्नो पालिकाभित्रका विद्यालयमा जंगफुड (तयारी खानेकुरा) निषेध गरेको छ। जंगफुटको प्रयोगले विद्यार्थी स्वास्थ्यमा गम्भीर असर पर्ने हुनाले तयारी खानेकुरा निषेध गरिएको हो। गाउँपालिका विद्यालय क्षेत्र भित्रका ५० मिटर वरपर तयारी खानेकुरा बिक्री वितरणमा समेत रोक लगाएको गाउँपालिकाका अध्यक्ष टासी लामाले जनाए।

'विद्यार्थीको स्वास्थ्यलाई मध्यनजर गरेर हामीले यस्तो निर्णय गरेका हौँ', उनले भने, 'आगामी दिनमा यो निर्णय कार्यान्वयनमा जोड दिन्छौं। बालबालिकाको रोजाइमा पर्दै आएको विस्कुट, चाउचाउ, चटपटे लगायत खाद्यान्न पालिकाले विद्यालय हाताभित्र खान निषेध गरेको छ।'

पालिकाभित्र ८ वटा सामुदायिक विद्यालय रहेका छन्। निर्णय कार्यान्वयन गराउन गाउँपालिकाले साउन १९ गते पत्राचार गरेको छ। सिन्धुपाल्चोकका १२ वटै स्थानीय तहले स्थानीय सरकार आएपछि शैक्षिक सुधारमा विभिन्न महत्वकांक्षी योजना बनाउँदै आएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.