|

कालिकोट : जिल्लाको खाँडाचक्र नरपालिका–२ मान्म एक महिला श्रीमान घर निकाला गरिएको भन्दै जिल्ला प्रहरी कार्यालय कालिकोटमा न्याय खोज्न आइपुगेकी छन्। 

आफ्ना पति चरित्र दमाईले गाली गलौज, कुटपिट गर्दै घरनिकाला गरेपछि २७ वर्षीया जमना दमाई जिल्ला प्रहरी कार्यालयमा न्याय खोज्न आइपुगेकी हुन्। 

पतिले कुटपिट गरी घाइते बनाउनका साथै घर निकाला गरेपछि पीडित महिलाले जिल्ला प्रहरी कार्यालय कालिकोटमा सोमबार घरेलु हिंसा तथा कुटपिटको उजुरी दर्ता भएको छ। 

पतिले साउन १९ गते राती फलामको रड प्रहार गरी कुटपिट गर्दा आँखा नजिकै गम्भीर चोट लागेको र अत्यधिक मदिरा पिएर गालीगलौज गर्दै घरनिकाला गरेकाले जमना दमाईले बताइन्। 

‘धेरै मदिरा खाएर मलाई कुटपिट गर्दै घरबाट निकाला गरियो’, उनले भने,‘न्याय खोज्दै जिल्ला प्रहरी कार्यालय महिला वालवालिका सेवा केन्द्रको उजुरी दिएको छु।’

पीडितको उपचार जिल्ला अस्पतालमा गरिएको छ। पतिविरूद्ध जिल्ला प्रहरी कार्यालयमा घरेलु हिंसा तथा कुटपिटसम्बन्धी उजुरी दर्ता भएको छ। उजुरी आएपछि आरोपीलाई पक्रिन गरी अनुसन्धान गर्न प्रहरी टोली खटाइएको कालिकोटका प्रहरी प्रमुख डिएसपी विनोद शर्माले बताए ।

‘पीडित महिलाको घरेलु हिंसा तथा कुटपिटसम्बन्धी उजुरी दर्ता भएको छ’, उनले भने,‘घटनाको अनुसन्धान गरिरहेका छौँ। आरोपीलाई खोजी गरेर ल्याउन तयारी भएको छ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.