|

पर्सा : बिशालु सर्पले टोकेर पर्सामा एक बालिकाको मृत्यु भएको छ। सोमबार मध्यान्ह ४ बजेतिर पर्साको सखुवा प्रसौनी गाउँपालिका ४ मा रहेकी बालिकालाई सर्पले टोक्दा उनको मृत्यु भएको हो। 

आफ्नो घरनजिकै घुमिरहेकी किशोरी साह तेलीकी ८ वर्षीया छोरी शान्ति कुमारीलाई सर्पले टोक्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ। सर्पले टोकेर सख्त घाइते बालिकालाई उपचारको लागि वीरगन्जतर्फ अस्पतालमा ल्याउँदै गर्दा उनको बाटोमा नै मृत्यु भएको पर्साका प्रहरी नायव उपरीक्षक अनन्तराम शर्माले बताए।

स्थानीयले भने गोमन सर्पले टोकेको आशंका गरेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.