|

काठमाडौं : युभेन्टसका भेट्रान स्ट्राइकर मारियो मान्जुकिचले आगामी ३ वर्ष म्यानचेस्ट युनाइटेडबाट फुटबल करियर अगाडी बढाउने भएका छन्।

सन् २०२२ सम्म म्यानेचस्टरमा रहने गरी सम्झौता गर्न लागेका मान्जुकिजले वार्षिक ६ दशमलब २ मिलियन पाउन्ड पाउनेछन्। जुन रकम उनी युभेन्टसमा रहँदा भन्दा ३५ प्रतिशतले बढी हो। 

युनाइटेडले बेल्जियन स्ट्राइकर रोमेरो लुकाकुको प्रतिस्थापनका रुपमा मान्जुकिच रहेको बताएको छ । हाल रेड डेभिल उपमाले परिचित युनाइटेडले लुकाकु दिएर अजेन्टिनी पाउलो डिबाला भित्र्याउने पहल थालेको छ । तर डिबाला युनाइटेड जान तयार देखिँदैनन । 

सिरी ए च्याम्पियन युभेन्टसले की खेलाडी स्वाइप गर्ने वा मान्जुकीचको बजेट माग्ने बताइएको छ । ३३ वर्षीय मान्जुकिचले क्लबका पदाधिकारीसँगको छलफलमा क्लब छोड्न राजी भएको बताएका थिए । गत सिजनमा ३३ खेलमा सहभागिता जनाउँदै मान्जुकिचले क्लबका लागि १० गोल गरेका थिए। 

युनाइटेडका प्रशिक्षक ओले गुनार सोल्जेसकरको लक्ष्य युवा खेलाडीहरुलाई क्लब भित्र्याउनु भएकाले २५ वर्षीय डिबाला रोजाइमा परेका हुन । डिबाला सन् २०१५ मा पाल्मेरोबाट युभेन्टस भित्रिएका थिए। 

गत सिजनमा इटालियन च्याम्पियनका लागि उनले १० गोल समेत गरेका थिए। त्यसैगरी गत अक्टोबरमा च्याम्पियनस लिगको पहिलो लेगमा युनाइटेडविरुद्ध ओल्ड ट्राफडमा १ गोलसमेत गरेका थिए। 

बेल्जियन लुकाकुको भविष्य सुनिश्चित देखिँदैन। उनी २०१७ जुलाईमा रेड डेभिलका लागि ७५ मिलियनमा एभरटनबाट भित्रिएका थिए । क्लबका लागि गत सिजनमा उनले १२ गोल गरेका थिए । गत महिना युभेन्टसको सिरि ए प्रतिद्वन्द्वी इन्टर मिलानले फरवार्डका लागि गरेको ६० मिलियन युरोको प्रस्तावलाई युनाइटेडले अस्विकार गरिदिएको थियो । 

सोल्जासकरले पाउल पोग्वा अझै पनि क्लबका लागि खेल्न तयार भएको बताएका छन् । ‘यसमा कुनै सन्देह छैन की फ्रान्सेली मिडफिल्डर पाउल पोग्वा जो ट्रान्फरको चर्चामा छन्, उनी अझै पनि क्लबका लागि खेल्न चाहन्छ ।’

कीर्तिमानी मुल्यमा मागुएर भित्र्यायो

युनाइटेडले ऐतिहासिक मूल्यमा लेस्टर सिटीबाट डिफेन्डर भित्र्याएको छ । उस्ले इङल्यान्डका सेन्टर व्याक ह्यारी मागुएरलाई कीर्तिमानी ८० मिलियन पाउन्डमा क्लब भित्र्याएको हो।

मागुयर त्यो मूल्यमा युनाइटेड भित्रिएका सबैभन्दा महंगा डिफेन्डर हुनेछन् । हालसम्म सबैभन्दा महंगा डिफेन्डरको रुपमा लिभरपुलका भर्गिल भान डिज्क रहेका थिए । उनको मूल्य ७५ मिलियन रहेको छ । 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.