|

उत्तर कोरियाले पुनः दुई वटा क्षेप्यास्त्र प्रक्षेपण गरेको छ।

दक्षिणी हवाङ्गहाइ प्रान्तबाट समुद्रतर्फ लक्षित गरी मंगलबार विहान दुई वटा क्षेप्यास्त्र प्रक्षेपण गरेको दक्षिण कोरियालीले सेनाले जनाएको छ। उत्तर कोरियाले पछिल्ला दुई सातायता चार वटा क्षेप्यास्त्र प्रहार गरिसकेको छ।

प्रक्षेपण गरिएका मिसाइल कस्ता खालका हुने भन्ने खुलेको छैन। अमेरिकाले भने क्षेप्यास्त्रका बारेमा निरीक्षण र अनुगमन भइरहेको जनाएको छ।अमेरिकाले दक्षिण कोरिया र जापानसँग पनि यसबारे परामर्श भइरहेको जनाएको छ। अमेरिका र दक्षिण कोरियाले सोमबारदेखि सुरु गरेको संयुक्त सैन्य अभ्यासका विषयलाई लिएर उत्तर कोरिया आक्रोसित हुँदै आएको छ।

अमेरिका र दक्षिण कोरियाबीच वार्षिक रुपमा हुँदै आएको सैन्य अभ्यास यो वर्ष भएका थिएन। तर अहिले पुनः सैन्य अभ्यास सुरु भएपछि अमेरिकी राष्ट्रपति र दक्षिण कोरियाली राष्ट्रपतिसँग भएको सम्झौताको उल्लंघन गरेको उत्तर कोरियाले आरोप लगाएको छ। सोही सैन्य अभ्यासको जवाफ मिसाइल प्रक्षेपणबाट उत्तर कोरियाले दिएको अनुमान गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.