|

'कार्टुन्ज क्रु' को नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ। स्मीता दाहालको नयाँ गीतमा ुकार्टुन्ज क्रुुका सरोज र आश्मा देखिएका हुन्। 

'मायालु तिमी कता छौ' बोलको गीतमा स्मीतासँगै राजनराज शिवाकोटीको स्वर छ । दिनेश थपलियाको शब्द रहेको गीतमा राजनराजकै संगीत छ भने उदयराज पौडेलको संगीत संयोजन र श्याम सोहित रसाईलीले गीत मिक्सींग गरेका हुन् । 

सार्वजनिक भिडियो सेट लगाएर खिचिएको हो । जहाँ वर्षाका कारण कोठा नै डुबानमा परेपछि मायालुको खोजी गर्दै गरेको दृश्य देखाइएको छ। 

भिडियो छायाँकनका क्रममा कार्टुन्ज क्रु की आश्मा विश्वकर्मा बहोस हुँदा करिब ५ घण्टा अस्पतालमा राख्नु परेको निर्देशक सरोज ओलीले जानकारी दिएका छन् । 

म्युजिक भिडियोमा गायिका स्मीता दाहालले पनि पानी रुज्दै नृत्य गरेकी छिन् । राजु पेन्टरद्धारा निर्मित सेटमा छायाँकन गरिएको भिडियो सञ्जय लामाले खिचेका हुन् । 

विक्रम स्वारको कोरियोग्राफी, राज कुमार उप्रतिको स्टन्ट, सन्देश शाहको सम्पादन रहेको भिडियोको कलर संयोजन रेनीश फागोले गरेका हुन् । 

भिडियो

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.