|
फाइल फोटो

सिन्धुपाल्चोक : राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत दुर्गम क्षेत्रमा ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाका लागि हवाई उद्धार सेवा उपलब्ध हुने भएको छ। स्वास्थ्य सुविधाको पहुँचबाट टाढा रहेकाका लागि लक्षित गरेर यो सेवा सुचारु गरेको हो। 

कार्यक्रमअन्तर्गतको कार्यविधि २०७५ अनुरूप ३४ जिल्लामा पूर्ण र केही जिल्लामा आंशिक रूपमा हवाई सेवा उपलब्ध हुने भएको हो। विकट गाउँपालिकाको गर्भवती र सुत्केरीलाई लक्षित गरी यस्तो व्यवस्था गरिएको हो।

लगातार लामो प्रशव वेथा लागि बच्चा जन्माउन कठिनाइ भएका, गर्भमा बच्चाको मृत्यु भएका, गर्भवती अवस्थामा अत्यधिक शरीर सुन्निएका, सुत्केरीपश्चात् अत्यधिक रक्तस्राव भएको अवस्थामा पूर्ण रूपमा निःशुल्क हवाई सेवामार्फत उद्धार हुने प्रदेश ३ का सामाजिक विकास मन्त्री युवराज दुलालले जानकारी दिए। यस्तो कार्यक्रमले जनताको स्वास्थ्यमा थप सेवा पुग्ने अपेक्षासमेत राखेका उनको भनाइ।

कुन-कुन जिल्लामा ?

सेवाअन्तर्गत दार्चुला, बैतडी, बाजुरा, बझाङ, डोटी, अछाम, जाजरकोट, दैलेख, मुगु, कालिकोट, जम्ला, हुम्ला, डोल्पा, ताप्लेजुङ, संखुवासभा, भोजपुर, पाँचथर, तेह्रथुम, खोटाङ, ओखलढुंगा, सोलुखुम्बु, दोलखा, मनाङ, मुस्ताङ, म्याग्दी, रोल्पा, रुकुम पुर्व, रुकुम पश्चिम, सल्यान र रसुवा जिल्लामा यो सेवा पूर्णरूपमा लागू भएका छ।

यस्तै, सिन्धुपाल्चोकको पाँचपोखरी थाङपालधाप, हेलम्वु र जुगल गाउँपालिका,  धादिङको रुबीभ्याली गाउँपालिका, गोरखाको सुलिकोट, आरुघाट, सिरानचोक, गण्डकी, अजिरकोट, धार्चे, चुमनुब्री गाउँपालिका, वाग्लुङको ढोरपाटन, गलकोट, जैमुन नगरपालिका, बडिगाड, निसिखोला, बरेङ, ताराखोला, काठेखोला, तमानखोला गाउँपालिकामा यो सेवा सरकारले लागू गरेको छ।

यो सेवा सुचारु भएपछि दुर्गम भेगका जनतालाई राहतको महशुस भएको छ। उपचारको गर्भवती महिला अस्पतालको अनुहार नहेरी मृत्युको मुखमा पुग्न बाध्य हुने बाध्यता दूर हुने विश्वास लिएको छ। महिला, बाबालिका तथा जेष्ठ नागरिक मन्त्रालयअन्तर्गत यो सेवा सञ्चालन भएको हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.