|

अर्घाखाँची : मकैबारीमा पसेको बाँदर लखेट्ने क्रममा भिरबाट लडेर मालारानी-२ अमिलेका ३६ वर्षीय विजय कुवँरको मृत्यु भएको छ। 

मकैबारीमा बाँदरको बगाल पसेपछि लखेट्दै जाँदा चिप्लिएर एक्कासि भिरबाट ५० मिटर तल खसेर कुवँरको मृत्यु भएको प्रहरीले जनाएको छ। 

भिरबाट खसेर घाइते भएका कुवँरको गुल्मी  जिल्ला अस्पताल तम्घास उपचारको क्रममा मृत्यु भएको हो। अर्घाखाँचीमा बादरले मकै खान थालेपछि कृषक चिन्तित बनेका छन्। 

जिल्लाका विभिन्‍न गाँउमा बाँदरले मकै सखाप पार्न थालेको हो। बिहानदेखि बेलुकासम्म मकै बारीमा बस्दा पनि बाँदर धपाउन नसकेको कृषकको गुनासो छ। 

बाँदर नियन्त्रण गर्न सन्धिखर्क र छत्रदेव  स्थानीय तहले एक बर्षअघि हेरालु राखेपनि सम्भव भएको छै। सितगंगा नगरपालीकाको ठाडादह , अमराई , साहुटोला, रिपाहापाखा, पाणेगैरा, खसर्का, सितापुर झिर्रा, घोरबन्दा, मन्द्रे सुवर्णखाल , जुकेना , जलुके, सिद्धारा, सिमलपानी, सन्धिखर्क नगरपालिकाको धरम्पानी, तुमकोट, किमडाडा, छापडाडा, वाङला, डिभर्ना, भुमिकास्थानको धनचौर ढिकुरा, पाणीनि, मालारानी र छत्रदेव गाउँपालिकामा बाँदरले आतंक मच्चाएको छ। 

बाँदरको बिगबिगी बढेपछि किसान मकैको बोट समाएर बारीमै बस्दै आएका छन्। जसोतसो खेती गरेपनि खान नपाइने किसानको गुनासो छ। बँदेल र बाँदर नियन्त्रण गर्न स्थानीय, प्रदेश र संघीय सरकारले पहल गर्नुपर्ने उनीहरू बताउँछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.