|

कालिकोट : पानी घट्ट पानीबाट चल्ने मकै, गहुँ, कोदो, फापरजस्ता खाद्य पदार्थहरू पिस्ने प्राचिन यन्त्र हो। नेपाल ग्रामीण क्षेत्रमा प्रायः ठाउँमा खाद्य पदार्थ पिस्नका लागि पानी घट्टको प्रयोग हुने गरेको छ।

पानी भएका खोला तथा नदी आसपासमा अहिले खाद्य पदार्थ पिस्नका लागि पानी घट्टको प्रयोग हुँदै आएका छ। ग्रामीण क्षेत्रमा अहिले पनि प्रयोग हुने गरेको यसको आधुनीककरण आवश्यक रहेको कालिकोटका सामाजिक अभियान्ता वीरेन्द्रबहादुर बुढाले बताए।

‘पानी घट्ट प्राचीनकालदेखि नै मानव जीवनमा उपयोग गरेको पाइन्छ’ उनले भने,‘नेपाल पूरै शहरीकरण नहुन्जेल यसको प्रयोग हुन्छ। अब पानी घट्टलाई आधुनीकरण आवश्यक रहेको छ।’

त्यस्तै, पानी घट्टको आम्दानीबाट परिवार पाल्ने पनि धेरै रहेका छन्। पानी घट्टबाट आउने आम्दानी वर्षभरी परिवार पाल्ने गरेको कालिकोट जिल्ला नरहरिनाथ गाउँपालिका–९ लालुका भीम सार्कीले बताए। ‘पानी घट्टको आम्दानीले परिवार पाल्ने गरेका छु’ उनले भने, ‘यसबाट आम्दानी पनि ठीकै हुन्छ।’

उनले पानी घट्टबाट खाद्य पदार्थ पिसेबापत निश्चित खाद्यान्न लैजाने गर्दछन्।

इतिहासमा पानी घट्ट

ग्रीक भूगोलविद स्ट्राबोका अनुसार सन् ७१ बिसीमा एसिया माइनरमा क्याबिराका राजा मिथराडेटस युपेटरको दरबार नजिकै पानी घट्टको प्रयोग बताएका छन्। तर, नेपालमा कहिलेदेखि पानी घट्टको प्रयोग कहिलेबाट भयो त्यो भने यकिन छैन्।

 

 

 

 

 

 

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.