|

  • भुपाल थापा

कपिलबस्तु : कपिलवस्तुको प्रमुख ब्यापारिक नाका कृष्णनगरमा गोली चल्दा नेपाल प्रहरीका दुई सुरक्षाकर्मी घाइते भएका छन्। कृष्णनगर स्थित मुल लिंकगेटबाट पाँच सय मिटर पश्चिममा दशगजा क्षेत्रमा ड्युटिमा खटिएका प्रहरी हबल्दार कर्णबहादुर पुन मगर र जवान मोहन श्रेष्ठलाइ गोलि प्रहार भएको हो। 

हवल्दार पुन र जवान श्रेष्ठ दुवैको दाहिने हातमा गोली लागेको छ। दुबैजनाको स्थानीय शाह मेडिकल कृष्णनगरमा उपचार भइरहेको र अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ।

बिहिबार दिउँसो करिब दुई बजेतिर भारती भूमिबाट गोली चलाइएको भएपनि कसले र किन चलायो भन्ने खुल्न नसकेको सशस्त्र प्रहरी भन्सार गुल्म कपिलवस्तुका कार्यालय प्रमुख तारिखचन्द्र चौधरीले बताएका छन्। 

एयर गनबाट गोली चलाइएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ। तस्करहरुको समूहले भारतीय भुमि प्रयोग गरि सिमाक्षेत्रमा ड्युटीमा खटिएका हवल्दार र जवान माथी गोली चलाएको हुन सक्ने स्थानीयले अनुमान गरेका छन्। गोली चलाउनेहरुको खोजी र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरि उपरिक्षक भोजजंग शाहले बताए।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.