घुस दिएर भागेका ठेकेदार पनि समातिए

|

पोखरा : नौ लाख रुपैयाँ घुससहित सडक डिभिजन कार्यालय कास्कीका प्रमुख र इन्जिनियरलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय पोखराको टोलीले पक्राउ गरेको छ । 

सडक डिभिजन कार्यालय पोखराका प्रमुख हरिकुमार पोख्रेल र त्यही कार्यालयका इन्जिनियर पवित्रपाणि आचार्यलाई अख्तियार पोखराको टोलीले नौ लाख रुपैयाँ घुससहित बिहीबार साँझ साढे ६ बजे पक्राउ गरेको हो। 

बिहीबार साँझ प्रमुख पोख्रेलकै निवासबाट दुवैजनालाई घुसवापत लिएको ९ लाख रूपैयाँसहित पक्राउ गरिएको अख्तियार पोखरा स्रोतले जानकारी दिएको छ। 

उक्त घुस सडक डिभिजन कार्यालय पोखराबाट सडकको ठेक्का मिलाइदिने भन्दै एसआर निर्माण सेवाका मालिक ऋषिराम गौतमबाट लिएको खुलेको अख्तियारले जनाएको छ। घुस दिएर फरार ठेकेदार गौतमलाई पनि प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको छ ।


घुससहित पक्राउ परेका सडक डिभिजन प्रमुख हरिकुमार पोख्रेल

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.