|

काठमाडौं: चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा ७.३३ प्रतिशतको पुँजीगत खर्च भएको छ।

चालु आर्थिक वर्षको पहिलो ४ महिनाको अवधिमा पुँजीगत खर्चको हिस्सा न्युन भएपछि अर्थमन्त्रालयले खर्चको वृद्धि गर्न प्रयास सुरु गरेको थियो। महालेखा नियन्त्रक कार्यलयको तथ्यांक अनुसार पछिल्लो एक महिनाको अवधिमा सरकारले  ७ अर्ब ८५ करोड रुपैयाँको पुँजीगत खर्च गरेको छ।

पहिलो तीन महिनाको असोज मसान्तसम्ममा विनीयोजित पुँजीगत खर्चको जम्मा ३.४२ प्रतिशत १० अर्ब ६६ करोड ८५ रुपैयाँ मात्रै खर्च गरेको थियो। कात्तिक मसान्तसम्म यस्तो खर्च १ प्रतिशतले मात्रै बृद्धि भई १५ अर्ब ३ करोड रुपैयाँ मात्रै पुगेपछि अर्थमन्त्रालयले पुँजीगत खर्च बृद्धिको लागि मातहतका निकायलाई निर्देशन दिएको थियो।

पछिल्लो एक महिनाको अवधिमा पुँजीगत खर्च ३ प्रतिशतले वृद्धि गरी ७.३३ प्रतिशत पुर्‍याएको छ। मंसिर मसान्तसम्म २२ अर्ब ८८ करोड रुपैयाँको पुँजीगत खर्च भएको छ।

गत आर्थिक वर्षको तुलनामा समेत पुँजीगत खर्चमा वृद्धि भएता पनि सरकारले आफ्नो लक्ष्य अनुसार खर्च वृद्धि गर्न सकेको छैन। आर्थिक वर्ष २०७२/७३ को पहिलो ५ महिनामा यस्तो खर्च विनीयोजित बजेटको ५ प्रतिशत ११ अर्ब १२ करोड थियो।

सरकारले चालु आर्थिक वर्षको पहिलो ५ महिनामा जम्मा विनीयोजीत बजेट १० अर्ब ४८ करो८ ९२ लाख रुपैयाँको १९.७४ प्रतिशत २ खर्ब ७ अर्ब ५ करोड रुपैयाँ खर्च भएको छ।

यस्तो थियो खर्च बढाउने प्रयास

  • साउन १ गते अगाडि नै आफूमातहतका मन्त्रालय, निकाय तथा परियोजनालाई खर्चको अख्तियारी
  • खर्च बढाउन लगातार अनुगमन गर्ने, समस्या भेटिएमा तत्काल समाधान गर्ने र समयमा काम गर्न अर्थमन्त्रालयका अधिकारीहरुलाई अर्थमन्त्रीको निर्देशन
  • राष्ट्रिय गौरवका र प्राथमिकताप्राप्त २५ करोडभन्दा बढी लागत भएका निर्माणाधीन परियोजनाहरूको बजेट विनियोजन, खर्चको अवस्था त्यसको सबल र दुर्वल पक्षको अनुगमन तथा अध्ययनका लागि रामशरण पुडासैनीको संयोजकत्वमा ७ सदस्यीय अनुगमन तथा मूल्याङ्कन समिति गठन

खर्च भन्दा बढी राजश्‍व

चालू आर्थिक वर्षको पहिलो पाँच महिनामा खर्चभन्दा राजस्व असुली बढी गरेको छ।  सरकारले कुल खर्चको करिब ५४ प्रतिशत राजस्व असुली लक्ष्य राखेको ५ महिनासम्म कुल खर्चभन्दा एक अर्ब ६६ करोड रुपैयाँ बढी राजस्व परिचालन भएको छ।

मंसिरसम्म २ खर्ब ८ अर्ब ७१ करोड ४८ लाख रुपैयाँ राजस्व उठेको महालेखा नियन्त्रकको कार्यालयको तथ्यांक छ। सरकारले पाँच खर्ब ६५ अर्ब ८९ करोड ६५ लाखको राजश्व असुलीको लक्ष्य राखेकोमा पाँच महिनाको अवधिमा लक्ष्यको ३६.८८ प्रतिशत राजश्‍व उठेको छ।

चालू वर्षको राजस्व असुली भने गत वर्षको सोही अवधिको तुलनामा ८५ प्रतिशतले बढी छ।  मंसिरमा ३८ अर्ब २२ करोड राजस्व परिचलानको लक्ष्य लिइएकोमा ३९ अर्ब ६५ करोड रुपैयाँ राजस्व असुली भएको छ।  कात्तिकसम्ममा १ खर्ब ६९ अर्ब ६ करोड रुपैयाँ राजस्व असुली भएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.