|

काठमाडौं : सर्लाहीबाट काठमाडौं आउँदै गरेको बस शुक्रबार बिहान त्रिशुली नदीमा खस्दा ३ जनाको मृत्यु भएको छ।

मृत्यु हुने तीन जना पुरुष रहेको र उनीहरुको परिचय नखुलेको धादिङका प्रहरी प्रमुख एसपी राजकुमार वैदवारले जानकारी दिए। उनका अनुसार १४ जनालाई उद्दार गरी उपचारका लागि विभिन्न अस्पताल पठाइएको छ। 

बसको अधिकांश भाग नदीमा डुबेको र नदीमा पानीको वहाव अत्यधिक भएकाले उद्दारमा कठिनाइ भइरहेको एसपी वैदवारले बताए। बसमा कति यात्रु सवार थिए भन्ने खुल्न सकेको छैन। ना ६ ख ७४६९ नम्बरको बस धादिङको वेनिघाट रोराङ गाउँपालिका ३ सोलाङघाटमा विहान सवा ३ बजे त्रिशुली नदीमा खसेको हो। अहिलेपनि उद्दार कार्य चलिरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.