|

डोटी : केआई सिंह गाउँपालिकाले आर्थिक रुपमा विपन्न परिवारलाई बाख्रा वितरण गरेको छ। वडा नम्बर ५ रानागाउँका विपन्न ४० परिवार १६० वटा बाख्रा निःशुल्क प्रदान गरिएको छ।

रानागाउँका आर्थिक अवस्था कमजोर भएका दलित परिवारलाई प्रतिघरपरिवार चार वटाका दरले बाख्रा वितरण गरिएको गाउँपालिका अध्यक्ष अधिराज बिसीले जानकारी दिए। डेन चर्च एड र सम विकास केन्द्र (इडिसि)द्वारा सञ्चालन भएको दिगो जीविकोपार्जन कार्यक्रमअन्तर्गत सहयोग प्रदान गरिएको हो।

वितरित बाख्राका लागि औषधि उपचारको जिम्मा वडा कार्यालयले लिने र बिमा संस्थाले गर्ने सहमति भएको संस्थाका लेखा अधिकृत कृष्णसुन्दर श्रेष्ठले जानकारी दिए। ‘११ लाख ३७२ रुपैयाँमा बाख्रा खरिद गरेका छौँ,’ श्रेष्ठले भने ‘अब एक वर्षका लागि संस्थाले नै बिमा पनि गराउने छ।’ 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.