दुई गोली हानेर प्रहरीले विजेश्वरीबाट समात्यो

|

काठमाडौं : प्रहरीको गोली लागेर घाइते भएका मिलन लामा 'लोप्चन' ले रामेछापको एउटा गाउँपालिकाका अध्यक्षसँग दुई करोड रुपैयाँ मागेको खुलेको छ। 

महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले पक्राउ गर्ने क्रममा घाइते भएका लामाले टेलिफोन गरेर रामेछापको लिखु गाउँपालिकाका अध्यक्ष गोविन्द खड्कासँग २ करोड रुपैयाँ मागेको हो ।

अपराध महाशाखा प्रमुख एसएसपी सहकुल थापाका अनुसार जनप्रतिनिधिलाई धम्की दिँदै रकम मागेको जानकारी एक साताअघि नै आएको थियो। त्यसयता प्रहरीले लामालाई खोजी थालेको थियो। 

एसएसपी थापाका अनुसार  लामाले मागे जति रकम नदिएमा मार्ने धम्की दिएपछि जनप्रतिनिधिले प्रहरीको सहयोग मागेका थिए। जनप्रतिनिधिबाटै लामाबारेमा गुनासो गरेपछि प्रहरीले उनको खोजी थालेको थियो। 

त्यसैक्रममा केही दिनदेखि लामालाई पछ्याइरहेको प्रहरीले उनी बिजेश्वरीस्थित हाउजिङमा रहेको सूचना पाएको थियो । त्यसपछि लामालाई पक्राउ गर्न अपराध महाशाखाको टोली पुगेको थियो।

'प्रहरी टोलीलाई देख्नेबित्तिकै लामा भाग्न खोजे, त्यसपछि उनलाई घुँडामुनि २ गोली हानेर समातिएको हो', महानगरीय प्रहरी कार्यालयका प्रवक्ता एसएसपी श्याम ज्ञवालीले भने, 'दुई गोली लागेका उनलाई अहिले उपचारका लागि वीर अस्पतालको ट्रमा सेन्टरमा राखिएको छ।'

लामामो घर रामेछापको मन्थली नगरपालिका हो । लामाले काठमाडौंमै बसेर गाउँपालिका प्रमुखलाई फोनमार्फत् २ करोड रुपैयाँ मागेका थिए । रकम नदिएमा मार्न धम्कीसमेत दिएपछि प्रहरीले लामालाई समात्न खोजिरहेको थियो। प्रहरीले मिलनसँगै अमृत तामाङलाई पनि पक्राउ गरेको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.