'नेपालले लुम्बिनी आएर वार्ता गर भन्‍न सक्नुपर्छ'

|

भारतले जम्मु कश्मीरका नागरिकलाई विशेषाधिकार दिने व्यवस्था गरिएको संविधानको धारा ३७० र ३५ 'ए' खारेज गरेपछि छिमेकी पाकिस्तानसँग तनाव गहिरिएको छ। पाकिस्तानले भारतसँगको आर्थिक र कुटनीतिक सम्बन्ध तोडिसकेको छ। दुई देशबीचको रेल सेवा पनि रोकिएको छ। कश्मीर मुद्दालाई लिएर पटक पटक लडेका दुई देशबीचको तनाव मत्थर हुने संकेत देखिएको छैन। दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) सदस्य दुई राष्ट्रको तनाव युद्धोन्मुख भइरहँदा सार्क राष्ट्रको अध्यक्षका हैसियतले नेपालको भूमिका कस्तो हुनुपर्छ? भारत र पाकिस्तानबीचको तनाव युद्धतर्फ अघि बढे नेपाललाई कस्तो असर पर्ला? यीसहित विविध विषयमा परराष्ट्रविद हिरण्यलाल श्रेष्ठसँग थाहा खबरका लागि नरेन्द्र सापकोटाले गरेको कुराकानीको सम्पादित अंशः

भारत र पाकिस्तानबीचको तनाव सामान्य हो कि युद्धोन्मुख छ?

यो सामान्य होइन। किनभने संयुक्त राष्ट्रसंघ, कश्मीरी जनता, भारत र पाकिस्तान मिलेर जुन विशेषाधिकार कश्मीरलाई दिएका थिए, त्यसलाई भारतले खारेज गरेको छ। पहिले भारतका अन्यत्र स्थानका मानिस त्यहाँ गएर बसोबास गर्न पाउँदैनथे। अब जुनसुकै ठाउँका मानिस पनि गएर बसोबास गर्न पाउने भएका छन्। यो भारतीय जनता पार्टी (बिजेपी) का कार्यकर्ता लगेर राख्ने र मुसलमानविरुद्ध हिन्दूबहुल क्षेत्र बनाउने रणनीति हो। यही कारणले त्यहाँ असन्तुष्टि बढेको हो।

अर्को कुरा के छ भने पाकिस्तानसँग मात्रै असन्तुष्टि हो र? लद्दाखलाई पनि केन्द्र शासित प्रदेश बनायो भारतले। लद्दाख पनि दुईवटा भए। पारि चीनको वारि भारतको। तनाव बढेपछि पाकिस्तानले आफ्नो राजदूतलाई फिर्ता बोलाइसक्यो। भारतका राजदूतलाई पनि फर्कायो। त्यतिमात्र होइन व्यापार बन्द गर्‍यो, दुई देशबीचको रेल सेवा पनि बन्द गरिसक्यो। त्यसैले यो सामान्य होइन, परिस्थिति गम्भीर बनिसक्यो। 

सार्क राष्ट्रको अध्यक्षका हैसियतले नेपालले यो विषयमा बोल्नुपर्छ कि पर्दैन? 

सार्कको अध्यक्ष भएको नाताले नेपालले यस्तो अवस्थामा चुप लागेर बस्न मिल्दैन। सार्कको अध्यक्षले सार्कको भावनाअनुसार कसैको पक्ष लिने होइन। समानताका आधारमा साझा समाधान निकाल्न कोशिस गर भन्नुपर्छ। दुवै देशलाई तनाव नबढाऊ, वार्ताको माध्यामबाट समस्या समाधानमा जाऊ भनेर अपिल गर्नुपर्‍यो। शान्तिभूमि लुम्बिनीमा आएर वार्ता गर भनेर बोलाउन सक्नुपर्‍यो नि! नेपालले पक्षपोषण गर्ने होइन। तर शान्तिपूर्ण वार्ताकf लागि, समस्या समाधानका लागि पहल गर्नुपर्छ। सार्क प्रभावकारी नहुँदा नै यस्ता घटना भइरहेको छ। यसलाई जगाउनुपर्‍यो। यो द्वन्द्वले सार्कको आवश्यकतालाई अझ थप महशुस गराएको छ। 

सार्कको अध्यक्ष भएको नाताले नेपालले यस्तो अवस्थामा चुप लागेर बस्न मिल्दैन। सार्कको अध्यक्षले सार्कको भावनाअनुसार कसैको पक्ष लिने होइन। समानताका आधारमा साझा समाधान निकाल्न कोशिस गर भन्नुपर्छ। दुवै देशलाई तनाव नबढाऊ, वार्ताको माध्यामबाट समस्या समाधानमा जाऊ भनेर अपिल गर्नुपर्‍यो। शान्तिभूमि लुम्बिनीमा आएर वार्ता गर भनेर बोलाउन सक्नुपर्‍यो नि!

बोल्नै पर्ने भए ढिलो भएन र?

ढिलो त भयो, तर प्रधानमन्त्री देश बाहिर हुनुहुन्छ। यहाँ प्रधानमन्त्री ओलीलाई नसोधी सरकारका अरु मन्त्रीले केही गर्न सक्ने अवस्था छैन। त्यसैले अलिकति ढिलो भएको हो। एकदुई दिनमा फर्किएर बोल्नुहोला।

भारत-पाकिस्तान युद्धतर्फ अघि बढे भने नेपाललाई पर्ने असर के हो?

तीनवटा प्रभाव मैले देखेको छु। पहिलो त भारतले गोर्खाली प्रयोग गर्छ, हाम्रा जवानहरु मर्छन्। किनकि फ्रन्टलाइनमा पठाउने त उनीहरूलाई नै हो। गोर्खा ब्यारेक निकै ठूलो छ। हजारौं नेपाली युवा गोर्खा सैनिकमा छन्। हालै पनि ४०/४५ हजार थपिसकेको छ। त्यसैले नेपाली युवा जो भारतीय गोर्खाजका रुपमा छन्।उनीहरूलाई अगाडि सार्ने भएकाले ठूलो क्षति हुन्छ।

दोस्रो क्षेत्रीय तनाव बढेर पाकिस्तान भएर आउने एयरलाइन्स पनि तनावले प्रभावित हुन्छ। हामी 'ल्याण्डलक्ड' भए पनि एयर लक्ड छैनौँ भनेको, यसले गर्दा पश्चिमतर्फबाट हवाइ रुटमा असर गर्छ। र, तेस्रो कुरो यो तनावले जातीय आधारमा विश्वमा फेरि एकपटक तनाव हुन सक्छ। यहाँ पनि हिन्दू र मुसलमानबीच विचार नमिल्ने हुन सक्छ।

नेपालबाट खाडी मुलुकमा जाने युवाको संख्या निकै बढिसकेको हुनाले आँखा चिम्लेर हिन्दुकरणलाई समर्थन नगर्ने यहाँ मुसलमान र बुद्धिस्टहरू छन्।हिन्दूकरणलाई समर्थन गरेर राम्रो भो, यहाँ पनि हिन्दूराज्य होस्, राजा फर्कोस भनेर लाग्नेहरू पनि छन्। भारतले खतरा मोलेर पनि कस्तो कस्तो कदम चाल्ने रहेछ भन्दा नेपालमा पनि कुनै कदम चाल्छ कि भन्ने मनोवैज्ञानिक त्रास पैदा भएको छ। 

पाकिस्तानले एकोहोरो सम्बन्ध तोडिरहेको छ, भारत मौनजस्तै देखिएको छ नि?

अहिले भारतको नेतृत्वको आदर्श भनेको न नेहरू हुन् न गान्धी। भारतीय जनता पार्टीको प्रमुख आदर्श भनेको विस्तारवादी सरदार पटेल हुन्। कश्मीरको ठूलो भाग भारतमा मिसाउने काम पनि उनले नै गरेका हुन्। हैदरावादलाई मिसाउने काम पनि उनकै हो। नेपाललाई पनि त्यसै छोड्न हुन्न भन्नेमा थिए उनी। भारतमा अहिले सबैभन्दा ठूलो शालिक सरदार पटेलको बनेको छ। 

भारतले गोर्खाली प्रयोग गर्छ, हाम्रा जवानहरु मर्छन्। किनकि फ्रन्टलाइनमा पठाउने त उनीहरूलाई नै हो। गोर्खा ब्यारेक निकै ठूलो छ। हजारौं नेपाली युवा गोर्खा सैनिकमा छन्। हालै पनि ४०/४५ हजार थपिसकेको छ। त्यसैले नेपाली युवा जो भारतीय गोर्खाजका रुपमा छन्।उनीहरूलाई अगाडि सार्ने भएकाले ठूलो क्षति हुन्छ।

बिहीबार राष्ट्रका नाममा सम्वोधन गर्ने क्रममा प्रधानमन्त्री मोदीले पहिला सरदार पटेलको सपना पूरा भएको भन्दै उनकै नाम लिए। त्यसैले मोदी सरकार सरदार पटेलवादी हो। भारतभित्रको पनि शान्तिको कुरा गर्ने महात्मा गान्धीको पक्षधर होइन। यसको मतलव यो विचारले छिमेकीतिर कठोर हुने, आफ्नो सीमा बढाउन खोज्ने प्रवृत्तिको विकास गर्छ। त्यसैले प्रधानमन्त्री मोदी र बिजेपीले गर्ने जति पनि काम छन् तिनलाई सरदार पटेलको विचारले निर्देशित गरिरहेको छ। 

पहिलो कश्मीर युद्धदेखि कार्गिल युद्धसम्मको इतिहास हेर्दा पाकिस्तान यतिमै रोकिएला कि अझै अघि बढ्ला त?

पाकिस्तान र कश्मिरी जनता त्यत्तिकै चुप लाग्दैनन्। कि त स्वतन्त्र कश्मीर हुनुपर्ने। कि धार्मिक जातीय आधारमा पाकिस्तानसँग मिल्नुपर्ने। तर भारतसँग मिलेर बस्न नचाहने उनीहरूको भनाइ छ। रणनीतिक दृष्टिकोणले महत्वपूर्ण रहेकाले भारत पनि कश्मीर छोड्न चाहँदैन। त्यसैले यसमा सुरुदेखि नै द्वन्द्व रहँदै आएको हो। कश्मीर त भारत र पाकिस्तानको पहिलेदेखि नै छुट्टाछुट्टै थियो नै। अब लद्दाखलाई पनि कश्मीरसँगबाट भारतले अलग गरेको छ।

चीनमा पनि लद्दाख छ। त्यसैले चीनले आफ्नो सार्वभौकितामा हस्तक्षेप भएको कुरा उठाएको छ। एकातिर पाकिस्तान र अर्को तिर चीन दुईतिरबाट द्वन्द्व खोज्नु भनेको मोदी सरकारले धेरै 'रिस्क' उठाएको हो। पाकिस्तानले संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदमा कुरा लैजाने भनिसकेकोले चुप बस्ने देखिँदैन। राष्ट्रसंघीय महासचिवले पनि यो मुद्दालाई चासो दिएर द्वन्द्व नचर्काउन र शान्ति कायम गर्न आग्रह गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.