|

अर्घाखाँची : भूमिकास्थान नगरपालिकाको धारापानीमा ढिस्कोबाट लडेर एक जनाको घटनास्थलमै मृत्यु भएको छ। 

वडा नम्बर ३ का  २३ वर्षीय शिशिर भाट शुक्रबार घर नजिकैको ढिस्कोमा सुकेको बाँसमा आड लिएर उभिँदा ढिस्कोबाट तल खसेका थिए। करिब १० मिटर तल बाटो छेउको पक्की नालीमा  खस्दा भाटको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताए। 

भाटको शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा राखिएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.