|

बारा : बाराको परवानीपुर गाउँपालिका ५ स्थित रामजानकी धर्मशालाको उद्घाटनका विषयमा विवाद हुँदा वडा अध्यक्षसहित सात जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायव उपरीक्षक रञ्जितसिंह राठौरको नेतृत्वमा रहेको प्रहरी टोलीलाई ७ जनालाई नियन्त्रणमा लिएको हो।

कार्यक्रम विथोन्न खोजेकाले नियन्त्रणमा लिईएको प्रहरी नायव उपरीक्षक राठौरले बताए। गाउँपालिकाको बजेटबाट निर्माण भएको धर्मशाला शनिबार प्रदेश २ का भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनलले उद्घाटन गर्ने कार्यक्रम तय भएको थियो।

मन्त्री सोनलले उद्घाटन गर्ने विषयमा आपत्ती जनाउँदै परवानीपुर गाउँपालिका ५ नं वडाका वडा अध्यक्ष रामेश्वरप्रसाद कलवार सहितका केही व्यक्तिले नारा जुलुस गरेका थिए।

संघीय समाजबादी फोरमबाट निर्वाचित वडा अध्यक्ष कलवारले आफ्नो वडामा निर्माण भएको धर्मशाला राष्ट्रिय जनता पार्टीका नेताबाट उद्घाटन गर्न लागिएको भन्दै आफ्नै नेतृत्वमा विरोध प्रदर्शन गरेका थिए। वडा अध्यक्षको समूहले मन्त्री सोनलसहित गाउँपालिका अध्यक्ष हरिनारायण गुप्ता विरुद्ध समेत नाराबाजी गरेका थिए।

वडाध्यक्षसहित स्थानीय केही व्यक्तिको विरोधका बीच उक्त धर्मशालाको मन्त्री सोनलले उद्घाटन गरेका छन्। धर्मशाला उद्घाटन कार्यक्रममा जिल्ला समन्वय समिति बाराका अध्यक्ष नवलकिशोर सिंह लगायतको उपस्थिति रहेको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.