|

सिन्धुली : सिुन्धुलीको सुनकोसी नदीमा हामफाल्दा एक महिलाको मृत्यु भएको छ। काभ्रे पाँचखाल नगरपालीका १० का ३४ वर्षीया सरस्वती रायमाझीको सुनकोसी दनीमा हाम्फालेपछि डुबेर मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार माइतीघरबाट रामेछाप बेथान गाउँपालिका ६ जुङगे पानी श्रीमान् ओमबहादुर रायमाझीसँग हिँडेकोमा सरस्वतीले सिन्धुलीको सुनकोसी गाउँपालीका–१ कुशेश्वर मन्दिर नजिक सुनकोसी नदीमा हामफाली बेपत्ता भएकी थिइन्। खोजतलासका क्रममा सुनकोसी गाउँपालीका–६ खहरे दोभानमा सरस्वती मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक चक्र बहादुर सिँहले जानकारी दिए।

सरस्वतीका श्रीमान ओमबहादुरले आफ्नी श्रीमती सुनकोसी नदीमा हामफाली बेपत्ता भएको जानकारी गराएपछि खोजी गरिएको उनले बताए। उक्त घटनामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.