विश्व

क्षेप्यास्त्र परीक्षणबारे ह्वाइट हाउसलाई किमको चिठ्ठी, क्षमायाचना गरेको ट्रम्पको दाबी
SHARES

फाइल फोटो
साउन २५, २०७६

    हालै गरिएका क्षेप्यास्त्र परीक्षणलाई लिएर उत्तर कोरियाली सर्वोच्च नेता किम जङअनले सामान्य क्षमायाचना गरेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार बताएका छन्।

    किमले अमेरिका-दक्षिण कोरियाली सैन्य अभ्यासको अन्त्यसँगै आणविक निशस्त्रीकरणका लागि अमेरिकासँग वार्ता शुरू गर्ने बताएको पनि अमेरिकी राष्ट्रपतिले बताएका छन्।

    अमेरिकी राष्ट्रपति ट्रम्पले शनिबार ट्वीटरमार्फत सम्प्रेषित सन्देशमा किमले आफूलाई एक पत्रमार्फत् क्षेप्यास्त्र परीक्षणबारे उक्त अभिव्यक्ति दिएको जनाइएको हो। त्यस्तै ट्रम्पले पनि पत्रको जवाफमा किमसँग निकट भविष्यमा वार्ता गर्ने पत्रमार्फत जानकारी गराएको सन्देशमा उल्लेख छ।

    ट्रम्पले भने, 'मलाई किमले लेखेको चिठीमा उत्तर कोरियाली नेता किमले आफूले ट्रम्पसँग अमेरिका–दक्षिण कोरिया संयुक्त सैन्य अभ्यास सकिएलगत्तै छिट्टै भेट्न चाहेको र वार्ता शुरू गर्न चाहेको उल्लेख छ।'

    'पत्र लामो छ र यसमा धेरै विषय बेतुकको र महँगो सैन्य अभ्यासको विरोधमा व्याख्या गरिएको छ। यो उत्तर कोरियाले छोटो दूरीको क्षेप्यास्त्र परिक्षण गरेकोमा एउटा सानो क्षमायाचना पनि हो। संयुक्त सैन्य अभ्यास रोकिएसँगै हतियार परीक्षण पनि रोकिनेछ,' ट्रम्पको सन्देशमा लेखिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]