|

चितवन : नवलपुरको गैंडाकोट नगरपालिकाका जनप्रतिनिधिले भ्रष्टाचार नगर्ने प्रतिबद्धता जनाएका छन। बागेश्वरी असल शासन क्लब (बास) नवलपुरले शनिबार आयोजना गरेको बृहत र्‍याली तथा सचेतना कार्यक्रममा बोल्दै जनप्रतिनिधिले गैंडाकोट नगरपालिको समृद्धिका लागि जनताले आफूहरूलाई चुनेकाले भ्रष्टाचार नगर्ने प्रतिवद्धता जनाएका हुन्।

सुशासन, नियमितता हरेक क्षेत्र र व्यक्तिका लागि आवश्यक भएको समेत गैंडाकोटका जनप्रतिनिधिको दाबी छ। कार्यक्रममा बोल्दै गैंडाकोट नगर प्रमुख छत्रराज पौडेलले जनप्रतिनिधि वा कर्मचारी कसैले पनि अनियमितता गरेको बारे जानकारी भए तत्काल उजुरी गर्न सवैसँग आग्रह गरे।

जनप्रतिनिधिले सञ्चारमाध्यममार्फत पनि यथार्थ कुरा बाहिर ल्याउन पत्रकारलाई आग्रह गरे। नगर प्रमुख पौडेलले भ्रष्टाचार गरेको सही सूचना थाहा पाए कसैलाई पनि नछाड्ने बताए।

कार्यक्रममा बोल्दै नगर उपप्रमुख बिष्णुकुमारी कँडेल सापकोटाले भ्रष्टाचार पैसामा मात्र नहुने भन्दै जनप्रतिनिधि तथा कर्मचारीको आचरण र व्यवहार पनि नियमित र सदाचारयुक्त हुनुपर्ने बताइन्। उनले गैडाकोटलाई सुशासनयुक्त नगर बनाउन नगरबासीकै सहयोग आवस्यक रहेकाले सवैले सहयोग गर्नुपर्नेमा जोड दिए। 

कार्यक्रममा बोल्दै गैंडाकोट नगरपालिका विभिन्न वडाका अध्यक्ष, उद्योग बाणिज्य संघ गैडाकोटका पदाधिकारी लगायतले नगर क्षेत्रमा कुनै पनि हिसावले भ्रष्टाचार वा अनियमितता हुन नदिन प्रतिबद्धता जनाएका थिए। कार्यक्रममा बोल्दै बास केन्द्रीय सदस्य यदुनाथ सिग्देलले बास नवलपुरले गर्दै आएका कार्यक्रमले नगरमात्र नभइ जिल्लाभर नै सदाचार कायम गर्न सफल हुने विश्वास व्यक्त गरे।

यस्ता खालको कार्यक्रम नगरसँगै वडामा गर्न आवश्यक रहेकाले सम्भव भएसम्म वडा वडामा गर्ने योजना रहेको वासकी अध्यक्ष लक्ष्मी पौडेलले बताइन्। शनिबार नै बासले वृहत मोटरसाइकल र्‍याली पनि निकालेको थियो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.