|

इंग्लिस प्रिमियर लिगमा शीर्ष क्लबहरुले सुखद नतिजा निकाल्ने क्रम जारी छ। लिभरपुल, सिटी जस्तै टोटनह्याम हट्स्परले पनि शनिबार एस्टन भिल्लालाई ३–१ ले पराजित गर्दै विजयी सुरुवात गरेको छ।

खेलमा पहिलो गोल भने एस्टन भिल्लाले गरेको थियो। तर अन्तिम १७ मिनेटमा ३ गोल गर्दै उत्कृष्ट पुनरागमन गर्दे खेल आफ्नो पक्षमा पार्यो।  भिल्लाका लागि जोन मक्गिनले ९ औं मिनेटमानै गोल गर्दै अग्रता दिलाएका थिए। तर त्यस्पछि उसले कुनै आकर्षक मौकाहरु सिर्जना गर्न सकेन्।

दोस्रो हाफको ७३ औं मिनेटमा टान्गुइ एनडोम्बेलेले गोल गर्दै खेल बराबरीमा ल्याए। कर्नरमा रिबाउन्ड आएको बललाई लुमास मोउराले पास दिएपछि टान्गुइले पेनाल्टी क्षेत्र बाहिरबाट उत्कृष्ट गोल गरेका थिए। ८६ औं मिनेटमा ह्यारी केनले डिफेन्डरको गल्तीको फाइदा उठाउँदै गोल गरे।

केनले ब्यक्तिगत दोस्रो गोल निर्धारित समयको अन्तिम मिनेटमा संभव बनाए। उनले मौसा सिसोकोको पासलाई उत्कृष्ट फिनिस गर्दै जित महत्वपुर्ण तीन अंक पक्का गरे।त्यसअघि एभरटन र क्रिस्टल प्यालेसको खेल गोलरहित बराबरीमा सकिएको थियो। सेफिल्ड युनाइटेडले पनि पहिलो खेलमा बर्नमाउथलाई १–१ को बराबरीमा रोक्यो। बर्नलीले साउथह्याम्पटनलाई तथा ब्राइटनले वाटफर्डलाई समान ३–० ले पराजित गर्यो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.