|

कोहलपुर : युवा सङ्घ नेपालका केन्द्रीय सदस्य सन्तोष बुढाथोकीमाथि गएराति खुकुरी प्रहार भएको छ। बाँकेको कोहलपुर नगरपालिका–१० विद्युत् रोडनजिकै अज्ञात समूहको खुकुरी प्रहारबाट बुढाथोकी सख्त घाइते भएको इलाका प्रहरी कार्यालय, कोहलपुरले जनाएको छ। 

घाइते युवा सङ्घ नेपालका केन्द्रीय सदस्य सन्तोष बुढाथोकीको मेडिकल कलेज कोहलपुरमा सामान्य उपचारपश्चात् थप उपचारका लागि लखनउ लगिएकोे छ।खुकुरी प्रहार गर्ने समूहको खोजी कार्य र घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार बुढाथोकीमाथि लक्ष्मण मल्लले खुकुरी प्रहार गरेको प्रत्यक्षदर्शीहरुको भनाइ छ। मल्ल खुकुरी प्रहार गरे लगत्तै फरार छन्। प्रहरीले लक्ष्मणका साथी विमल सेन र सुदिप सुवेदीलाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडी बढाएको छ। घाइते बुढाथोकी खतरामुक्त रहेको एमाले बाँकेका सचिव रत्न खत्रीले जानकारी दिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.