|

हेटौंडाः प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकार सिंह दरबारको छायाँमा नबस्ने बताएका छन्।

जिल्ला समन्वय समिति मकवानपुरकोे चौँथो जिल्ला सभाको उद्घाटन गर्दै मुख्यमन्त्री पौडेलले प्रदेश राजधानीको विषयमा कुरा उठेको सन्दर्भ जोड्दै काठमाडौं उपत्यका क्षेत्रमा राजधानी बनाउँदा सिंह दरबारको छायाँ पर्ने तर्क गरेका हुन्। 

मुख्यमन्त्री पौडेलले जिल्ला समन्वय समितिको प्रदेश सरकारले भूमिका बढाउन खोजेको समेत बताएका छन्। उनले जिल्ला समन्वय समितिहरूको सक्रियता अनुगमन र समन्वयको काममा थप हुनुपर्ने बताए।

समन्वय समितिले जिल्ला सभाका अवसरमा मकवानपुरको स्थानीय तह मध्येमा उत्कृष्ट काम गर्ने थाहा नगरपालिका, मजदुर क्षेत्रमा लामो समयसम्म योगदान पुर्‍याएकोमा मजदुर नेता पूर्व सांसद ललित बस्नेत, मकवानपुर गढीका तरकारी किसान बद्री तिमल्सिना, हेटौंडाका बाख्रपालक किसान गोविन्द सुवेदी, रात्रीकालीन महिला गस्ती गर्ने हेटौंडा ९ को पुष्पान्जली आमा समूह, जिल्ला समन्वय समितिमा लामो समयदेखि काम गरेका कर्मचारी लगायतलाई सम्मानित गरेको हो।

कार्यक्रममा पूर्व सांसद तथा नेकपाका केन्द्रीय सदस्य केदार न्यौपानेले  जनप्रतिनिधिले अन्य पार्टीहरूलाई दोष दिएर उम्किन नपाउने बताएका छन्। कार्यक्रममा प्रदेश सभाका सदस्य सन्त चेपाङ, प्रदेशका प्रमुख सचिव आनन्दराज ढकाल, मकवानपुरका राजनीतिक दलका नेताहरू विभिन्न संघ संस्थाहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा मकवानपुरका दसवटै स्थानीय तहका प्रमुख तथा उपप्रमुखको सहभागिता रहेको थियो। कार्यक्रम जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालको अध्यक्षतामा भएको हो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.