|

सर्लाही: सर्लाहीमा मोटरसाइकलको ठक्करबाट आइतबार एक किशाेरको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

जिल्लाको नवलपुर मलंगवा सडक खण्ड कबिलासी नगरपालिका ७ सिरसियास्थित नवलपुरबाट मलंगवातर्फ जाँदै गरेको बिआर ३० एम ६४३२ भारतीय नम्बरको मोटरसाइकलले पैदल यात्री कबिलासी नगरपालिका १० सलेमपुरका १४ वर्षीय किशाेर प्रवीणकुमार यादवलाई ठक्कर दिएर घाइते भएका थिए।

घाइते उनकाे उपचारको लागि जिल्ला अस्पताल मलंगवामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। मोटरसाइकल चालक मलंगवा नगरपालिका ३ का स्थानीय २२ वर्षीय दिपु शर्मा मोटरसाइकलमा पछाडि सवार मलंगवा ८ का १८ वर्षीय रबिकुमार ठाकुर घाइते भएका छन। घाइते दुबैको जिल्ला अस्पताल मलंगवामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। 

मृतक किशाेरको शव पोष्टमार्टम गरी परिवारको जिम्मा लगाइएको सर्लाही प्रहरी प्रमुख (एसपी) गोपालचन्द्र भट्टराईले जानकारी दिए।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.