|

मनाङ : अग्लो स्थानमा रहेको तिलिचो तालमा १०५ जना बोलबमको टोली पुगेको छ। धार्मिक पर्यटनको विकास र प्रचारप्रचार गर्ने उद्देश्यका साथ स्याङजाको बोलबम टोलीले तिलिचो ताल पुगेको हो। 

स्याङजाको वालिङमा रहेको बोलबम समितिको टोली भगावन शिवको आराधाना गर्दै तिलिचो ताल आएको हो। नेपालको धार्मिक तथा पर्यटकीय क्षेत्रको महत्त्वलाई प्रचारप्रसार गर्न तिलिचो ताल पुगेको समितिका वरिष्ठ उपाध्यक्ष चन्द्रमान श्रेष्ठले बताए। 

यस समितिले बोलबम अवसरमा १५ वर्षदेखि विभिन्न क्षेत्रको यात्रा गर्दै आएको छ। दामोदर कुण्ड, खप्तड बाबालगायतका ठाउँहरुको यात्रपछि मनाङमा रहेको तिलिचो तालमा पुगेको हो। टोलीले तिलिचो तालको अवलोकन साथै यस तालमा रहेको भगावन शिवको मूर्तिमा त्रिशूल, नेपालको झन्डा र स्याङजामा रहेको छाङछाङ्दी मन्दिरको पवित्र जल चढाएको छ।

स्याङजाको वालिङबाट  सुरु गरी लमजुङको ईशानेश्वर महादेव हुँदै एक सातापछि चिलिचो तालमा पुगेको हो। यस यात्रामा वन्डरफुल वलिङका साइकल यात्री, व्यापारी, पत्रकार, प्राध्यापक, धार्मिक ब्यक्तित्वको सहभागी थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.