|

काठमाडौं : आज साउन महिनाको अन्तिम सोमबार, साउने सोमबारको व्रत बसेका भक्तजनहरु नजिकको शिव मन्दिरमा पूजाआजा गरेर व्रत समापन गर्ने दिन। विशेष गरी हिन्दू नारीहरूले साउन महिनाको पहिलो सोमबारदेखि व्रत बस्ने गर्दछन् भने महिनाको अन्तिम सोमबार शिव मन्दिरमा गएर पूजाआजा गरी आफ्नो एकमहिने व्रत समापन गर्दछन्। काठमाडौंको पशुपति मन्दिरलगायत देशभरका शिवालयमा बिहानैदेखि भक्तजनाको भिड लागेको थियो।

साउन महिनाको हरेक सोमबार व्रत बसेका भक्तजनले आज व्रत समाप्त गर्दछन्। काठमाडौंको सुन्दरीजलबाट ल्याइएको जल पशुपतिमा चढाएर पूजापाठ गर्ने बोलबम श्रद्धालुहरूको बिहानैदेखि घुइँचो थियो। 

फोटोमा हेर्नुस् पशुपतिमा भक्तजनहरू : 

 

 

 

 

 

 

 

 

 

 

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.