
काठमाडौं : गीतकार तथा सर्जक अम्बिका गुरुङको संदेशमूलक शब्दमा सजिएको बाल गीत 'काग दाजै काग दाजै' सार्वजनिक भएको छ।
गीतमा गुल्मीकी ६ वर्षीया बालिका रविना बसेलले आफ्नो जादुमय आवाज भरेकी छिन्। गीतमा कलिला नानी बाबुहरूलाई घरमा छोडेर परदेशिएका बाबाहरूलाई चाँडै घर फर्किन आग्रह गरिएको छ। सानो उमेरमा नै बसेलको स्वर चौतर्फी चर्चा हुन थालेको छ।
संगीतकार राजन कार्कीको संगीत तथा एरेन्ज रहेको यस गीतको म्युजिक भिडियोलाई बालबालिकालाइ मन पर्ने कार्टुनहरूलाई आकर्षक तरिकाले एनिमेसन गरिएको छ। भिडियोलाई भावसागर क्रियसनमार्फत नेपाली सांगीतिक बजारमा सार्वजनिक गरिएको छ।
भिडियो
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।