छैटौंदेखि ११ औं तहसम्मको समायोजन सकियो

|

काठमाडौं :  स्वास्थ्य सेवा समूहका झण्डै सात हजार कर्मचारीको समायोजन अझै हुन सकेको छैन। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, अहेब र अनमीको समायोजन बाँकी रहेको छ। स्वास्थ्य मन्त्रालयअन्तर्गत करिब २७ हजार स्वास्थ्यकर्मीमध्ये हालसम्म २० हजारको समायोजन भइसकेको छ।

अब मन्त्रालयल अन्तर्गत सबैभन्दा धेरै रहेका अहेब, अनमीहरुको समायोजन बाकीँ रहेको छ। उनीहरूको समायोजनका लागि अझै केही समय लाग्ने भएको छ।

मन्त्रालयका कर्मचारी प्रशासन शाखाका उप-सचिव भानुभक्त न्यौपानेका अनुसार सबै समूहका स्वास्थयकर्मीको समायोजन सकिएको छ। उनले भने, ‘२७ हजारमा लगभग २० हजारको समायोजन सकिएको छ। अब सबैभन्दा धेरै अहेब र अनमीहरुको समायोजन बाँकी छ।'

स्वास्थ्य समूहतर्फको सबैभन्दा जटिल समायोजनको समूहमा प्रकृया प्रवेश गरेको ‍हो। स्वास्थ्य मन्त्रालय अन्तर्गतका कर्मचारी समायोजनमा चिकित्सा, नर्सिङ, आयुर्वेद, जनस्वास्थ्यलगायतका छैटौंदेखि ११ औं तहसम्मका समायोजन सकिएको छ।

त्यसैगरी, खोप सुपरभाइजर, ल्याब, पब्लिक हेल्थ इन्स्पेक्टरलगायतको पनि समायोजन सकिएको मन्त्रालयले जनाएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्वास्थ्य सेवा समूहका कर्मचारीको समायोजनका लागि सिफारिस गरिसकेको छ। अन्य सेवा समूहका कर्मचारीको समायोजन भइसकेको छ।

यस्तै, तल्लो तहदेखि कर्मचारीको समायोजन र पदस्थापन गर्दै आएको स्वास्थ्य मन्त्रालयको टोली अब  गुनासो परेका पदहरुको मिलानमा अघि बढेको छ ।

अघिल्लो पटक सामान्य प्रशासन मन्त्रालयले गरेको समायोजनमा धेरैको नमिलेपछि त्यसलाई बदर गरि पुन:समायोजनको निर्णय गरेको थियो । त्यसअघि नै मन्त्रालयले अघिल्लो पटक समायोजनमा चित्त नबुझेका कर्मचारीलाई गुनासो गर्न समयावधि दिएको थियो । त्यही अनुसार मन्त्रालयमा १३ हजार भन्दा बढी गुनासो परेको थियो । तर पछि छानबिन गर्दा ७ हजार बढी गुनासा जायज देखिएको मन्त्रालयको जनाएको थियो ।

गत असार दोस्रो साता ११ औँ तहका कर्मचारीबाट समायोजन सुरु गरेको स्वास्थ्य मन्त्रालयले अहिले दशौँ तह, नवौँ तह, आठौँ तह हुँदै नर्सिङतर्फको पाँचौ, छैटौँ र सातौँ तहकोसमेत समायोजन गरिसकेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.