|

बैतडी : जिल्लाका विभिन्न क्षेत्रमा खनिएका ग्रामीण सडकले पहिरोको जोखिम बढाएको छ। बिनास्टमेट खनिएका सडकहरूले स्थानीय बासिन्दा बढी जोखिममा परेका छन्।

बैतडी दोगडाकेदार गाउँपालिकाको दुर्गम वडा वडा नं १ रिममा खनिएको सडकले स्थानीय बासिन्दाका घरहरु जोखिममा परेका छन्।  दोगडाकेदार गाउँपालिकाको खोचलेक–मल्लाढिक–सित्तड–रिम सडकले स्थानीय बासिन्दाका घर जोखिममा परेका छन्। १ करोड बढी रकम खर्चेर गत बर्ष  निर्माण  गरेको उक्त सडकले बर्षा सुरु भएसँगै पहिरोको जोखिम बढाएको छ।

दोगडाकेदार गाउँपालिका-१ भुल्गाउँका ६ घर पहिरोको जोखिममा परेको वडाअध्यक्ष ध्वजबहादुर कार्कीले जानकारी दिए।  परमले भुल, मन्धिरे भुल, चिउचे भुल, गोविन्द भुल, पत्या भुल र फुत्ते भुलको घर पहिरोको जोखिममा परेका उनले बताए।  घरमुनिबाट सडक खनिएकाले घरहरु पहिरोको जोखिखमा परेका हुन्। घर आँगनवाट भएको निर्माण सडकले घर पहिरोको जोखिममा परेकाले उनीहरु जोखिममै रहेका घरमा बस्न बाध्य भएका छन्। जोखिममा रहेको घरपरिवारका सदस्यहरु  दिनमा घरबाहिर बस्ने भएपनि रातको समयमा पालैपालो गरेर सुत्ने गरेका छन्।

पहिलोपटक सडक पुग्दाखुसी भएका त्यस क्षेत्रका नागरिक बर्षात सुरु भएसँगै पहिरो जान थालेपछी चिन्तीत बनेका छन्। उनीहरूले गाउँपालिकालाई सुरक्षित बासस्थानको लागि आग्रहसमेत गरेका छन्। यस्तै दोगडाकेदार गाउँपालिका ३ श्रीकोटस्थित डाङ–कपडा सडकले पनि क्षति पुर्‍याएको छ।

यता गाउँपालिका अध्यक्ष चक्र कार्कीले भने सडकले क्षती पुर्याएको भएपनि सडक मर्मतसम्भारको काम तत्काल हुन नसक्ने बताए।  वर्षात सकिएपछी मात्रै मर्मतसम्भारको काम हुने बताउँदै उनले सामान्य पहिरोको जोखिममा परेकाहरुका लागी गाउँपालिकावाट कुनै योजना नरहेको बताउनुभयो।  घरनै पहिरोले क्षति पुर्‍याए अन्य कुनै ठूलो क्षति भए गाउँपालिकाले सुरक्षित बासस्थान तथा राहत दिनसक्ने अध्यक्ष कार्कीको भनाई छ।

खोचलेक–मल्लाढिक–सित्तड–रिम सडक दोगडाकेदार गाउँपालिका,प्रदेश सरकार तथा संघीय सरकारको १ करोड बढी लागतमा निर्माण गरिएको हो।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.