|

नेमार पछिल्लो समयका सर्वाधिक महँगा स्टार मध्येमा पर्छन्। तर उनी फ्रेन्च लिग वानको नयाँ सिजन सुरु भएसँगै उनी थप आलोचित भइरहेका छन्। त्यसोत नेमार पिएसजीमा गत सिजनदेखिने विवादित बनिरहेका छन्।

उनीमाथि पिएसजी समर्थक आक्रोसित हुनुको एउटा महत्वपूर्ण कारण भनेको उनले पिएसजी आफू नरहने घोषणा गर्नु हो। युरोपमा फुटबलको नयाँ सिजन सुरु भएसँगै नेमारलाई पनि पिएसजीले नखेलाउने बताएको छ। योसँगै उनको भविष्यलाई लिएर नै चिन्ता छाएको छ।

नेमारबिनाको खेलमा पीएसजीले निम्स क्लबमाथि ३–० को जितहातपार्दा अधिकांश समर्थकले नेमारविरुद्ध हुटिङ गरेका थिए। पिएसजीको जितमा एमबाप्पे, काभानी र डि मारियाले समान एक एक गोल गरे।

नेमारविरुद्ध आक्रोशित पीएसजीकै समर्थकले नेमारविरद्ध नारा लगाएका थिए। उनीहरूले ‘नेमार हामीलाई चाहिँदैन’ भन्ने नारा लगाएका थिए। उनीहरूले त्यस्तै पोस्टरहरू बोकेको दृश्य प्रष्ट देखिएको थियो।

यद्यपि उनी बार्सिलोना अनुबन्ध हुने हल्ला चलेको थियो। यतिबेला उनी म्याड्रिड जाने चर्चाले पुन एकपटक चर्चा चलेको छ। तर अब उनी अन्त जहाँ जान सक्छन्। तर पिएसजीमा नेमार रहने संभावना अब छैन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.