|

काठमाडौं : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह अस्पतालबाट डिस्चार्ज भएका छन्।

नेता सिंह ८ दिन मेडिसिटी अस्पतालमा उपचार गराएर घर फर्किएका हुन्। स्वास्थ्यमा सुधार भएकाले असप्तालले सोमबार डिस्चार्ज गरेको र चिकित्सकले अब केही दिन घरमै पूर्ण आराम गर्न सल्लाह दिएको सिंहका सहयोगी युपी लामिछानेले जानकारी दिएका छन्।

स्वास्थ्यमा समस्या आएपछि सिंह गत सोमबार अस्पताल भर्न भएका थिए। उनको उपचारमा डा. मिमी गिरी नेतृत्वको चिकित्सकको टोली सहभागी थियो।

सिंहलाई हाइ सुगर, उच्च ज्वरो र पिसाबमा संक्रमण देखिएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.