|

बारा : बाराको फरक फरक ठाउँबाट प्रहरीले लागुपदार्थ सहित ५ जनालाई पक्राउ गरेको छ। बाराको कलैया उपमहानगरपालिका १० मटिअर्वामा जाँच गर्ने क्रममा तीन जनालाई लागुपदार्थ  सहित प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेमा कलैया उप महानगरपालिका ६ का हारुण मियाँ, सागर जैसवाल र भरत महतो धानुक छन्। त्यस्तै पूर्व पश्चिम राजमार्गअन्तर्गत बाराको जीतपुरसिमरा उपमहानगरपालिका १ पथलैयाबाट दुई जनालाई पक्राउ गरेको छ। प्रहरीले महोत्तरीको मनरा सिश्वा नगरपालिका १ का २३ वर्षीय नरेशकुमार मण्डल र १९ वर्षीय श्यामसुन्दर साहलाई पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार पक्राउ परेका पाँचै जनालाई लागुऔषध मुद्दामा जिल्ला अदालत बाराबाट म्याद थप गराई थप अनुसन्धान भइरहेकोे छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.