|

डडेल्धुरा : डडेल्धुराको परशुराम नगरपालिका ७ घुम्तेगडामा अज्ञात रोगका कारण एकै गोठका ८ पशुचौपाया मरेका छन्। आइतबार र सोमबार गरी २ दिनको अवधिमा स्थानीय डम्बर साउँदका २ भैँसी, २ गोरु, १ गाई र ३ वटा बाख्रा मरेका हुन्। 

केही दिन अघि बिरामी भएका पशुचौपायाको गोबर परशुराम नगरपालिका पशु सेवा शाखाको ल्यावमा जाँच गराइएको र जुकाका साथै छालासम्बन्धी समस्या देखिएको परिवारका सदस्य हरेन्द्र साँउदले जानकारी दिए। तर, मरेका पशुचौपाया यही रोगका कारण मरेका हुन या अन्य कारणले भन्ने बारे अहिलै थाहा भइनसकेको परशुराम नगरपालिका पशु सेवा शाखाले जनाएको छ।

केही दिन अगाडि पशुचौपाचा बिरामी भएको भन्ने खबर आएलगत्तै छालासम्बन्धी रोगविरुद्धको आवश्यक आइभरमेट्रिन भ्याक्सिन दिइएको शाखा प्रमुख पशु अधिकृत रतन भण्डारीले बताए। सो भ्याक्सिन बढी जसो साउन, भदौ र असोजमा देखा पर्ने छालासम्बन्धी रोग (ड्रमाटाइटिस) बाट संक्रमित भएका जनावरलाई दिइन्छ। 

यो रोग लागेपछि पशुचौपाचाले खाना नखाने, ज्वरो आउने, तुहिने, छाला चिलाउने, दूध सुक्ने र बिनालक्षण पनि मर्न सक्ने शाखा प्रमुख भण्डारीको भनाइ छ। गुम्सिएको गोठ, सक्रमित जनावरलगायत अन्य कारणले सर्ने यो रोग गत वर्ष परशुराम नगरपालिका ५ परिगाँउमा समेत देखा परेको थियो। जसका कारण गत वर्ष सो क्षेत्रका स्थानीयका पशुचौपाया समेत मरेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.