|

रौतहट : गाडीसहित मोवाइल पसलमा चोरी गरिरहेकाे अवस्था रौतहट प्रहरीले गाडीसहित राति २ बजे दुई जनालाई पक्राउ गरेको छ।

चन्द्रपुर नगरपालिका ४ चन्द्रनिगाहपुर मेनचोकस्थित न्यू श्याम मोवाइल पसलमा चोरी गर्ने क्रममा इलाका प्रहरी कार्यालय चन्द्रनिगहपुरको टोलीले गाडीसहित पक्राउ गरेको हो।

पक्राउ पर्नेमा गौर नगरपालिका ५ बस्ने ३४ बर्षको प्रेम शंकर यादव र भारत, सितामडीमा बस्ने ३० बर्षीयका लोकेशकुमार रहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी निरीक्षक सन्तोष पाठकले जानकारी दिएका छन।

प्रहरी गस्ती टोलीले सोमबार विहान करिव साढे २ बजेको समयमा चोरी गर्ने उद्देश्यले पसलमा राखिएको सिसी.क्यामेरा भित्तातर्फ फर्काउँदै गरेको समयमा पक्राउ गरेको प्रहरी निरीक्षक पाठकले जानकारी दिए। प्रहरीले BR 05 P 3646 नम्बरको भारतीय स्कारपियो गाडी, वायर कटर १ थान  र मोबाईल ३ थान उनीहरूलाई पक्राउ गरेको उनले बताए।

पक्राउ परेकासँग सोधपुछ तथा आवश्यक अनुसन्धानको कार्य भइरहेको र उक्त घटनामा संलग्न अन्य फरार रहेकाकाे खोजी कार्य भइरहेको प्रहरी निरीक्षक पाठकले जनाकारी दिएका छन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.