|

म्याग्दी : हिमालपारिको पर्यटकीय जिल्ला मुस्ताङ सोमबारदेखि यार्तुङको रौनक सुरु भएको छ। वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ पुराङ रानीपौवामा यार्तुङ महोत्सव सुरु भएको हो। 

वारागुङ मुक्तिक्षेत्र तथा उपल्लो मुस्ताङमा यातुङ पर्व उत्साहपूर्ण रुपमा मनाउने चलन छ। कागबेनीदेखि उत्तरतर्फका विभिन्न समुदायको मौलिक सास्कृतिक पर्व यार्तुङ पर्व आ–आफ्नै ढङ्गले मनाइने भए पनि मुक्तिनाथ क्षेत्रमा हुने पर्वलाई महोत्सवका रुपमा मनाइँदै आएको छ।

नारासहित साउन ३० सम्म सञ्चालन हुने यार्तुङ महोत्सवमा ‘पर्यटन संस्कृति कृषि पशुपालन र गुणस्तरीय पूर्वाधार, वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको पहिचान र समृद्धिको मुल आधार’ नाराका साथ मनाइँदै छ।

स्थानीय भाषामा यारको अर्थ बर्खा र तुङको अर्थ हिउँदको आगमन भन्ने बुझिन्छ। अर्थात् यार्तुङको अर्थ नै बर्खायामको बिदाइ हो। यस पर्वमा स्थानीय भेला भई सांस्कृतिक नृत्य, तारो हान्ने ,घोडा दौडाउन र स्वादिष्ट परिकार बनाएर खाने गर्छन्। 

महोत्सवको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन गरेका हुन्। मुख्यमन्त्री गुरुङले हिमाली जिल्ला मुस्ताङ ऐतिहासिक तथा धार्मिक दृष्टिले धनी जिल्ला भएको बताए। मुस्ताङको पर्यटन विकासका लागि उपल्लो मुस्ताङमा जियोपार्कको सम्भाव्यता अध्ययन गरिने बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.