|

काठमाडौं :  डा अनिल बरालको रचनामा नयाँ गीत ‘मिरमिरेको लाली फिक्का’ को म्युजिक भिडियो सार्वजनिक भएको छ। 

गीतमा हरि दत्त फुलाराको स्वर तथा संगीत रहेको छ भने गीतको म्युजिक भिडियोलाई  ‘हाम्रो खाता’ अफिसियल  युट्युब मार्फत सार्वजनिक गरिएको हो। युवराज वाइबाको निर्देशन रहेको गीतको भिडियोमा  बिनोद न्यौपाने र बिनु शाक्य फिचर्ड छ। उत्सब दाहालको छायान्कन रहेको भिडियोमा विकास दाहालको सम्पादन रहेको छ। 

वीर अस्पतालमा कार्यरत मिर्गौलारोग विशेषज्ञ डा अनिल बराल यसअघि ‘एउटा खाता’  ‘अगालै भरी’ लगायत गीतको म्युजिक भिडियो आइसकेको छ भने  राष्ट्रिय पत्रपत्रिकामा थुप्रै कथा, कविता तथा गीत प्रकाशित भइसकेका छन्। 

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.